एमाले र गठबन्धनका कार्यकर्ताबिच झडप, चार जना घाइते
नेकपा एमालले निर्वाचन प्रचारप्रसार गरिरहेको अवस्थामा अपिहिमाल गाउँपालिका–५ ओखलमा एमाले कार्यकर्ता र लोकतान्त्रीक गठबन्धनका कार्यकर्ताबिच कात्तिक २४ गते साँझ झडप भएको छ ।
झडपका क्रममा मार्मा गाउँपलिका–३ निवासी एमाले कार्यकर्ता २८ वर्षीय विरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का २५ वर्षीय सुरेश वादी, अपिहिमाल गाउँपालिका–६ निवासी गठबन्धनका कार्यकर्ता २० वर्षीय जहेन्द्रसिह धामी र २४ वर्षीय जगतसिह धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजेश शाहीले बताउनु भयो ।
घाइतेहरुको टाउँकोमा चोट लागेका कारण समान्य उपचारपछि चारै जनालाई थप उपचारको लागि रिफर गरिएको मार्मा स्वास्थ्य चौकीका डाक्टर लक्ष्मण थापाले बताउनु भयो ।
टाउँकोमा चोट लागेका कारण वाहिर समान्य देखिएको भएपनि टाउँको भित्र चोट हुन सक्ने भएकोले सिटिस्क्यान गर्नु पर्ने भएकोले स्वास्थ्य चौकीबाट रिफर गरिएको डाक्टर थापाको भनाइ छ ।
झडपपछि इलाक प्रहरी कार्यालय, लटिनाथबाट इन्स्पेक्टर लोकेन्द्रबहादुर सिंह नेतृत्वको टोलीले उम्मेदवारको टोलीलाई सुरक्षित स्थानमा पठाइएको र कात्तिक २५ गते दुबै पक्षलाई छलफलको लागि इलाका प्रहरी कार्यालयमा बोलाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर शाहीले बताउनु भयो ।
नेकपा एमालेबाट प्रदेशसभा (ख) का उम्मेदवार रहनु भएका रामदत्त जोशीले अपिहिमाल गाउँपालिकाबाट घरदैलो गरेर मार्मा फर्किने क्रममा मदक पदार्थ सेवन गरेका गठबन्धनका कार्यकर्ताले प्रचारप्रसारमा अवरोध गरी सुनियोजि रुपमा आफूमाथि आक्रमण गर्दा झडप भएको आरोप लगाउनु भयो ।
माओवादी केन्द्र मार्माका अध्यक्ष नरबहादुर विष्टले एमाले कार्यकर्ताले सुनियोजित रुपमा आक्रमण गर्दा झडप भएको आरोप लगाउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
बलात्कार प्रयास घटनाका आरोपित विरुद्ध उजुरी
३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा मिर्चैया नगरपालिका–१२ का ४० वर्षीय रामदेव दास विरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज ९ गते उजुरी दिनु भयो । पीडित पक्षका…
यौन दुर्व्यवहार घटनाको कसुरमा बालकलाई सुधार गृहमा राख्ने फैसला
नौ वर्ष ३ महिना १५ दिनकी बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा १४ वर्ष ५ दिनका बालकलाई २०८० असोज ८ गते साढे १ वर्ष बाल सुधार गृहमा राख्ने फैसला भएको छ…
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले दुर्व्यवहार गर्न बन्द गरिनु…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजाय फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असोज ९ गते स्याङ्जाको वालिङ नगरपालिका-६ का २३ वर्षीय रेमन गुरुङ र चितवनको रत्ननगर नगरपालिका-१६ का २३…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका-१० का वडाध्यक्ष ३५ वर्षीय छविरमण धमलालाई असोज ९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार…