एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच झडप
सिम्ता गाउँपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेसका कार्यकर्ताबीच वैशाख २२ गते राती ११ बजे झडप भएको छ । काङ्ग्रेसका तर्फबाट गाउँपालिकाको वडा नंम्बर ६ को वडाअध्यक्ष पदका उम्मेदवार उपेन्द्र सिंहमाथि आक्रमण गरेको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो ।
सिम्ताको राकमस्थित कांग्र्रेसका वडाअध्यक्ष उम्मेदवार सिंहको टोली स्थानीय मोहन मल्लको होटलमा बसेको अवस्थामा राजनीतिक प्रतिशोधको आधारमा एमालेका कार्यकर्ताको समूहले आक्रमण गरेका हुन् ।
आक्रमणमा परेर वडाअध्यक्षका उम्मेदवार सिंह सहित उनका समर्थक सुरज सिंह ठकुरी घाइते भएका छन् । अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।
कांग्रेस कार्यकर्ताले आफ्नो कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा ५०÷६० जनाको हुलमा आएका एमाले कार्यकर्ताले आक्रमण गरेका थिए । प्रहरीले अवस्था नियन्त्रणमा लिन दुई सेल अश्रु ग्याँस फायर गरेको थियो ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका—४ वाक्सीलाका ६१ वर्षीय लाल थापा मागरलाई असार १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते यौन…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…