एमाले र कांग्रेस कार्यकर्ताबिच झडप, चार जना घाइते
हुप्सेकोट गाउँपालिकामा नेकपा एमाले र कांग्रेस कार्यकर्ताबिच झडप हुदाँ चार जना घाइते भएका छन् ।
हुप्सेकोट गाउँपालिका–१ मा वैशाख २० गते राति भएको झडपमा कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार लक्ष्मी पाण्डे र एमालेका तीन जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डिएसपी सन्तोष पाठकले बताउनुभयो ।
झडपको क्रममा घाइते भएका एमाले कार्यकर्ता हुप्सेकोट गाउँपालिका–१ बलेवाका ३२ वर्षीय मनोज गुरुङ, २३ वर्षीय हरि के.सी र ४० वर्षीय चुडाबहादुर शेरपुजाको अहिले चितवन स्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पाण्डे वैशाख २१ गते बिहान कावासोती स्थित कालिगण्डकी अस्पतालमा उपचारको लागि भर्ना हुनुभएको छ ।
घटनाको विषयमा एमाले र कांग्रेसले एकअर्कोलाई दोषारोपण गरिरहेका छन् ।
कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जि.सी. र एमाले जिल्ला पार्टी कार्यालय सचिव भिमलाल कण्डेलले छुट्टाछुट्टै विज्ञप्ती मार्फत घटनामा एकअर्को पार्टी दोषि रहेको आरोप लगाएका छन् ।
झडपको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेदवार पाण्डेले प्रयोग गर्ने ग ३ च १६०६ नम्वर को गाडीमा समेत तोडफोड भएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको डिएसपी पाठकले बताउनुभयो ।
तिर्थराज डुम्रे
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…