एमाले नेताको घरमा कालो झण्डा
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सप्तकोशी गाउँपालिका-५ कमलपुरस्थित नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् प्रदेश नं. २ का संयोजक सत्यनारायण मण्डलको घरमा चैत २७ गते कालो झण्डा झुण्ड्याएका छन् ।
मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवको नेतृत्वमा मोटरसाइकल र्यालीसहित पुगेका मोर्चाका कार्यकर्ताहरूले पूर्व खेलकुद मन्त्री मण्डलको घरमा कालो झण्डा झुण्ड्याउनुका साथै घरमा रहेका उनका ६० वर्षीया पत्नी र २१ वर्षीया बुहारीलाई गाली गलौजसमेत गरेको पीडित परिवारले जनायो ।
एमाले नेता मण्डलले मोर्चाका कार्यकर्ताहरूले घरमा महिलाहरूलाई गालीगलौज गरेर अपमानित गरेर सामाजिक मर्यादाको समेत उल्लङ्घन गरेको बताए ।
मोर्चाका कार्याकर्ताहरूले यसअघि कञ्चनरुप नगरपालिका र सप्तकोशी गाउँपालिकाको समेत बोर्ड हटाएर कालो झण्डा झुण्ड्याउनुका साथै स्थानीय निकायमा तालाबन्दी गरी कर्मचारीहरूलाई कामकाज नगर्न समेत धम्की दिएका छन् ।
यसैबिच नेता मण्डलको परिवारका सदस्यहरूमाथि गरेको दुर्व्यवहारप्रति एमालेले चैत २८ गते एक विज्ञप्ति जारी गर्दै घोर भत्सर्ना गरेको छ ।
नेकपा (एमाले) स्थायी समितिको चैत २८ गते बसेको वैठकले मधेसी मोर्चाका 'उदण्ड झुण्ड'द्वारा मण्डलको सप्तकोशी गाउँपालिका-५ स्थित घरमा पसेर परिवारका महिला सदस्यहरूमाथि हुलहुज्जत गर्नेजस्ता आपत्तिजनक तथा निन्दनीय कार्य गरेकोप्रति घोर भत्सर्ना गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले चैत २८ गते विज्ञप्ति जारी गरी सप्तरी जिल्ला कमिटीका अध्यक्ष गोविन्द न्यौपानेको घरमा समेत त्यस्तै खालका क्रियाकलापहरू गरेको भन्दै संलग्न अपराधिहरूमाथि तत्काल कारबाही गर्न नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
एमाले जिल्ला कमिटीका अध्यक्ष गोबिन्द न्यौपानेले ४०/५० जनाको समूहमा मोटरसाइकल चढेर पुगेका मधेसी मोर्चाका कार्यकर्ताले मण्डलको घरमा पसेर उनकी २१ वर्षीया बुहारी अस्मिता मण्डललगायतका परिवारका सदस्यलाई गालिगलौज गर्दै दुर्व्यवहार गरेको बताए । मोर्चाको उक्त अपराधिक कार्यप्रति खेद व्यक्त गरी यस्ता घटना नदोहोर्याउन चेतावनी दिँदै अध्यक्ष न्यौपानेले विज्ञप्तिमार्फत दोषीलाई कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेका छन् ।
कञ्चनरुप नगरपालिका र सप्तकोशी नगरपालिका कार्यालयको बोर्ड हटाई कालो झण्डा झुण्ड्याएर फर्केको मोर्चाका कार्यकर्ताहरूले मण्डलको घरमा गालीगलौज गर्दै चैत २७ गते कालो झण्डा झुण्ड्याएका थिए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…