एमाले कार्यकर्ताबाट माओवादी कार्यकर्तालाई कुटपिट गरेको आरोप

मालारानी गाउँपालिका -३ का माओवादी केन्द्रका कार्यकर्ता ३० वर्षीय नारायाण खनाललाई एमालेका कार्यकर्ताको समूहले कुटपिट गरको आरोप छ ।

माओवादी केन्द्रका नेता ठाकुरकुमार बिकले माओवादी केन्द्रका कार्यकर्ता नारायण खनाललाई एमालेका कार्यकर्ताले कुटपिट गरको आारोप लगाए ।

एमाले नेता जर्नादन खनालले भने मतदाता परिचय पत्रको बारेमा दिउँसो सामान्य विवाद भएको र सामान्य धकेलाधकेल दुवै पक्षबाट भएको बताए । सामान्य घटनालाई राजनीतिकरण गरेको उनको आरोप छ ।

घटनाको बारेमा प्रमुख जिल्ला अधिकारी डिल्लिराज पोख्रेलले भने मतदान स्थालबाट ६-७ सय मिटर टाढा घटना भएको भन्ने बुझिएकोले थप जानकारी लिँदै गरेको बताए ।

पीडितको सामान्य उपचार जिल्ला अस्पतामा गरेपछि थप उपचारको लागि भैरहवा पठाइएको छ । घटनाको बारेमा अनुसन्धान भइरहको र आरोपितहरूको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।


नारायाण भुसाल