एमाले कार्यकर्ताबाट पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप
नयाँ एफएममा कार्यरत पत्रकार विक्रम पाण्डेमाथि नेपाल कम्युनिष्ट पार्टी(एमाले) का कार्यकर्ताले असार १० गते क्यामरा खोसेर दुर्व्यवहार गरेको पीडित पाण्डेले आरोप लगाएका छन् ।
एमाले कार्यकर्ता प्रकाश श्रेष्ठ, अमृत श्रेष्ठलगायतका कार्यकताबाट भिडियो नलिन भन्दै क्यामरा खोसेर भिडियो डिलिट गरिदिएको पीडित पाण्डेसम्वद्ध सञ्चार माध्यम नयाँ एफएमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन्धिखर्क नगरापाललिकाको-१२ मा एमालेको चुनावी सभाको समाचार सङ्कलन गर्न खटिएका पाण्डेले चुनावी सभाको भिडियोमार्फत प्रत्यक्ष प्रसारण गरिरहेको जनाए । एमालेको चुनावी सभा भइइरहेको ठाउँबाट काग्रेसको प्रचारप्रसारको सवारी साधन सोही बाटो हुदै गएपछि एमाले कार्यकर्ता र काङ्ग्रेसका कार्यकताबिच तनाव भएपछि तनाव भएको भिडियो 'डिलिट' गर्न भनि अभद्र व्यवहार गरेको नयाँ एफएमका स्टेशन म्यानेजर हरीप्रसाद भुसालले जानकारी दिए ।
पत्रकार माथि भएको दुर्व्यवहारको, स्वतन्त्र प्रत्रकार सङ्घ, नयाँ एफएमलगायत सञ्चार माध्यमले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेका छन् ।
पत्रकारमाथि भएको दुर्व्यवहारको बारेमा अनुसन्धान भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले जानकारी दिए ।
नारायण भुसाल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…