एमाले कार्यकर्ताको कुटपिटबाट कांग्रेसका कार्यकर्ता घाइते भएको पीडित पक्षको आरोप
त्रिपुरासुन्दरी नगरपालिका–८ दागिनका नेपाली कांग्रेसका कार्यकर्ता ३७ वर्षीय लोकन्द्र शाहीलाई पुस ३० गते नेकपा एमालेका कार्यकर्ता त्रिपुरासुन्दरी नगरपालिका–७ छलघरका ३५ वर्षीय किशु रोकाया, ३७ वर्षीय हिरा रोकाया, ४० वर्षीय जयलाल रोकाया, २७ वर्षीय विष केसी र ३९ वर्षीय विरसिं बुढाको कुटपिटबाट घाइते भएको पीडित पक्षको आरोप छ ।
त्रिपुरासुन्दरी नगरपालिका–७ मा रहेको कस्तुरी आधारभुत विद्यालयमा माघी पर्वको अवसरमा आयोजना भएको भलिवल प्रतियोगितामा भलिवल खेल्ने क्रममा विवाद भएको प्रहरीले जनाएको छ ।
नेकपा एमालेका कार्यकर्ताले चिरपट दाउराले कुटपिट गरेको पीडितले पुस ३० गते प्रहरी चौकी पहाडामा दिएको उजुरीमा उल्लेख छ । घाइते शाहीको टाएकोमा चिरपट दाउराले काटेर चोट लागेको छ ।
घाइते शाहीको उपचार जिल्ला अस्पतालमा सम्भव नदेखिएपछि नेपालगन्ज रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर डा. अखण्ड उपाध्यायले बताउनु भयो । हवाईजहाजबाट शाहीलाई नेपालगन्ज लगिएको छ ।
भलिवल खेलिरहेको अवस्थामा एक्कासी आएर शाहीले नेट ( जाली ) थुतेपछि किन यस्तो गरेको भन्दा ढुङ्गा प्रहार गर्न थालेपछि हात हालाहालको अवस्थामा लडेर ढुङ्गामा पछारिँदा चोट लागेको नेकपा एमालेका कार्यकर्ता हिरा रोकायाको भनाई छ।
अरोपितलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय पठाएको प्रहरी चौकी त्रिपुराकोटका सई रुद्रबहादुर शाहीले बताउनु भयो । कुटपिटका आरोपीलाई प्रहरीले माघ २ गते गिरफ्तार गरेर जिल्ला पठाएको छ । प्रहरी चौकी त्रिपुराकोटका सई रुद्रबहादुर शाहीले बताउनु भयो ।
विष्णुप्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…