एमाले कार्यकर्ताको कुटपिटबाट काङ्ग्रेस कार्यकर्ता घाइते भएको आरोप
हलेसी तुवाचुङ नपा-२ स्थित डिकुवाका नेपाली काङ्ग्रेसका 'बाल' कार्यकर्ता १७ वर्षीय अर्जुन राउतमाथि कुटपिट गरेको आरोपमा सल्ले गाविसस्थित एमालेका कार्यकर्ता ३१ वर्षीय धनबहादुर राईलाई जेठ २५ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले जानकारी दिए । कुटपिटबाट गम्भीर घाइते भएका राईको दुर्छिम इलाका स्वास्थ्य चौकीमा उपचार भइरहेको र घाइतेको आँखा र ढाडमा गहिरो चोट रहेको डिएसपी प्रधानले बताए ।
घरमा पार्टीको झण्डा राखेको विषयमा जेठ २३ गते काङ्ग्रेस र एमाले कार्यकर्ताबिच विवाद उत्पन्न भएकोमा जेठ २४ गते दुवै पार्टीका कार्यकर्ताहरू बसेर छलफल गरी विवाद नगर्ने सहमति गरेकोमा उक्त सहमतिको केही समयपछि पुनः विवाद भएपश्चात कुटपिट भएको बताइएको छ ।
सुनिता मगर
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ चौडमा कोठा भाडामा लिएर बन्दैआएका २१ वर्षीय पवन बोहरालाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मुसिकोट नपा–५, रुकुम पश्चिमका ३० वर्षीय मिलन वनलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले…
स्वास्थ्यकर्मीको लापरबाहीका कारण सीताको मृत्युभएको परिवारको आरोप
मालिकार्जुन गाउँपालिका–४ ऐरीछानाका ४५ वर्षीया सीता धामीको स्वास्थ्यकर्मीको गम्भीर लापरबाहीका कारण ज्यान गएको परिवारजनको आरोप छ । ०८१ फागुन २१ गते परिवार नियोजन मिनिल्याप शिविरमा उहाँको शल्यक्रिया बिगारेको कारण महिलाको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नपा–७, हर्नेयाका १९ वर्षीय शिव मल्लाहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते यौन दुर्व्यवहार…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया सुस्तमनिस्थिति तथा बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिका—८ लोहपुरका १८ वर्षीय राम साउदलाई ०८१ चैत ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…