एमालेको पत्रकार सम्मेलन गर्न नदिन होटल सञ्चालकलाई मोर्चाद्वारा धम्की
नेकपा एमाले सिरहाले फागुन २३ गते गर्न लागेको पत्रकार सम्मेलन गर्न नदिन मोर्चाले होटल सञ्चालकलाई धम्की दिएको छ ।
मेची महाकाली राष्ट्रिय अभियानको जानकारी दिन नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन गोलबजार नपा-६ स्थित एलिशा फुड कोर्ट एण्ड फेमिली होटलका सञ्चालकलाई बिहान मोर्चाका कार्यकर्ताहरूले गएर कार्यक्रम गर्न नदिनु भनी धम्की दिएको होटल सञ्चालकले बताए ।
होटल सञ्चालकले आयोजकलाई जानकारी गराएपछि कार्यक्रम स्थल गोलबजार नपा-७ स्थित एमालेका केन्द्रीय सदस्य लिलानाथ श्रेष्ठको घरमा सरेको थियो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष प्रमोद यादवले निर्धारण गरेको स्थानमा मोर्चाले कार्यक्रम गर्न नदिनु लोकतान्त्रिक व्यवस्थाको उपहास भएको बताए ।
दुर्गा परियार
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…