एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराबाजी गरेको पाइएको हो ।
विद्यार्थीहरूले ‘केपी बा हाई–हाई’ भन्दै गरेको नाराबाजीको भिडिओ फेसबुकमार्फत सार्वजनिक भएको छ । नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्याथी सहभागी गराइएको र कुनै पनि दलको पृष्ठपोषण हुने गरी नाराबाजी गरिएको नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष रमेश रावतले बताउनु भयो । पञ्चकन्याका नाममा बालबालिकाहरुको प्रयोग गरिनु पनि गलत भएको उहाँको भनाइ छ ।
विद्यामन्दिर नमूना माविका प्रधानाध्यापक पहलसिंह नेपालीले एमालेको जुलुसमा विद्यार्थीहरु सहभागी नभएको तर सडकको डिलमा उभिएर हेरेको बताउनुभयो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यालयमा स्वागत गर्ने कार्यक्रमलाई केही विद्यार्थीले मन पराएर नारा लगाएको भए पनि विद्यालयले बालबालिकालाई प्रयोग गरेर नाराबाजी गर्न नलगाएको उहाँको भनाइ छ । तर, सार्वजनिक भिडियोमा सो विद्यालयका बालबालिकाले जोडतोडले नारा लगाएको स्पष्ट देखिन्छ ।
देशको पूर्वप्रधानमन्त्री समेत रहनु भएका केपी शर्मा ओली स्कुलको बाटो भएर आउने भएपछि विद्यालयका शिक्षक, कर्मचारी मिलेर स्वागत गर्ने, माला लगाउने र हार्दिकता बाँड्ने कार्यक्रम रहेको र कक्षामा रहनु भएका शिक्षक, कर्मचारी सबै सडकमा आएपछि विद्याथी निस्किएर स्वःस्फूर्त नाराबाजी गरेको प्रधानध्यापक नेपालीले बताउनु भयो ।
नेकपा एमालेका जिल्ला कमिटि सचिव भीम रावलले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा बालबालिकाको प्रयोग नभएको बताउनु भयो । उहाँले पार्टी अध्यक्ष विद्यालयको बाटो भएर जाने क्रममा केही बालबालिकाले नारा लगाएको उहाँले बताउनु भयो । नेकपा एमाले पार्टीको जनलहर देखेर केही व्यक्ति आत्तिएर अतिरञ्जित गर्ने काम भएको उहाँको भनाइ छ ।
राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को परिच्छेद–३ दफा २१ मा दलले गर्न नहुने काम अन्तर्गत राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख छ ।
बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ७, ८ र ६६ विरुद्दको यस्तो कार्य गर्नेलाई तीन वर्ष सम्म कैद र ७५ हजार जरिबाना हुन्छ । भिडियो खिचेर प्रचार गर्नु पनि कानुन विपरितको कार्य हो ।
तपेन्द्र कुँवर
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…