एमालेका कार्यकर्ता माथि आक्रमण

  ०७९ वैशाख ६ गते

मन्थली नगरपालिका–९ पुरानागउँमा चुनाव हारेपछि नेपाली कांग्रेका वडाध्यक्षका उम्मेदवार बुद्धिबहादुर पुलामी मगर (भरत) र उहाँका कार्यकर्ताले एमाले कार्यकर्ता माथि आक्रमण गरेका छन् ।

०७९ जेठ ५ गते साँझ विजय जुलुस गरेर स्थानीयलाई घर घर पठाने काममा खटेका एमाले कार्यकर्ता तथा एमालेबाट निर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका परिवारका सदस्यलाई एमाले वडा कार्यालयमा नै छिरेर आक्रमण गरी घाइते बनाएका बनाएको वडाध्यक्ष गोकर्णराज आरणले जानकारी दिनुभयो ।

आक्रमणबाट घाइते हुनुभएका एमाले कार्यकता एवम् नवनिर्वाचित वडाध्यक्ष गोकर्णराज आरणका छोरा उत्तम आरणका अनुसार नौ ओटा मोटरसाइकलमा आएका कांग्रेस कार्यकर्ता प्रविण गिरी, दोबहादुर पुलामी, रुपेश मगर, यमबहादुर थापा, अश्मित पुलामी लगायले साइकलको चेन लगायतका हतियारले आक्रमण गरेका थिए ।

आक्रमणबाट एमाले कार्यकर्ता हरू ५५ वर्षीय गौतम आरण, ३३ वर्षीय उत्तम आरण, २९ वर्षीय ओमप्रकाश आरण, २८ वर्षीय नारयण आरण तथा ५५ वर्षीय खड्गराज आरण घाइते हुनुभएको छ ।

घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट साँझ नै प्रहरी टोली पुरानागाउँ गएको भए पनि आक्रमणकारी भागेका कारण प्रहरीले कसैलाई नियन्त्रणमा लिएको छैन ।

घटनास्थलमा प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार थिङले जानकारी दिनुभयो ।


नबराज पथिक