एमसीसी प्रोजेक्टको नाममा रहेको जग्गा माओवादीद्वारा कब्जा

  ०८० जेठ १७ गते

व्यास नगरपालिक– १३ काजीपोखरी स्थित एमसीसी प्रोजेक्टको नाममा रहेको करिब २ सय रोपनी जग्गा नेकपा (माओवादी) केन्द्रिय जनसत्ताले कब्जा गरेको घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्रिय जनसत्ताको नाममा ०८० जेठ १६ गते राती उक्त जग्गामा व्यानर टाँसेर जग्गा कब्जाको घोषणा गरिएको हो । जनसत्ता प्रमुख प्रकाश हमालको नेतृत्वमा गएको टोलीले पार्टीको झण्डा गाडेर सो जग्गा कव्जाको घोषणा गरेको उक्त पार्टीले जनाएको छ ।

जग्गामा राखिएको व्यानरमा उक्त जग्गामा कुनैपनि गतिविधि नगर्न नगराउन संम्बन्धित निकायलाई चेतावनी दिइएको छ । साथै अटेर गरेमा जनकारबाही गरिने जनाएको छ ।

एमसीसी परियोजना अन्तर्गत रातमाटे–दमौली–बुटवल खण्डमा विद्युत प्रसारण लाइनको सव स्टेशन राख्न उक्त जग्गा सर्वसाधरणबाट खरिद गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अवदेश विष्टले यसबारेमा आफुले भर्खर मात्र जानकारी पाएको हुँदा यसबारेमा बुझ्न प्रहरी टोलीलाई सम्बन्धित स्थानतर्फ पठाइएको बताउनु भयो ।

jagga kabja


प्रकाशचन्द्र भट्टराई