एमसीसी परियोजनाविरूद्ध भित्ते लेखनको आरोपमा तीन जना गिरफ्तार

  ०८० भदौ १३ गते

एमसीसी परियोजना खारेजीको माग गर्दै ‘गो ब्याक एमसीसी' का नाराहरूको भित्ते लेखन गरेको आरोपमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, काभ्रेका तीन जना नेताहरूलाई प्रहरीले ०८० भदौ १२ गते गिरफ्तार गरेको छ ।

प्रहरी गिरफ्तारीमा पर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ढोगप्रसाद अधिकारी, प्रदेश सदस्य असल मोक्तान र जिल्ला सदस्य मेजरमान थिङ रहेका छन् ।

प्रहरीले उहाँहरूलाई भदौ १२ गते भित्ते लेखन गरिरहेको अवस्थामा २८ किलो भन्ने ठाउँबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भग्यपुरुष ढकालले जानकारी दिनुभयो ।

प्रमुख ढकालका अनुसार पक्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।


सुमित्रा आचार्या