एफएमले पारिश्रमिक नदिएको भन्दै पत्रकार आन्दोलित
काम गरेबापतको पारिश्रमिक नपाएपछि पत्रकारहरूले ०७९ असार ६ गतेदेखि चरणबद्द आन्दोलनकोे सुरुवात गरेका छन् । आठवीसकोट नगरपालिकामा संचालित रेडियो नयाँ नेपाल ९८.२ मेगाहर्जले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरू आन्दोलित भएका हुन् ।
दुई वर्ष यता रेडियोमा काम गर्दै आइरहेका ६ जना पत्रकारले पारिश्रमिक नपाएको बताइएको छ । पारिश्रमिक नपाउने पत्रकारहरू हिरा परियार, सत्यबहादुर बटाला, सुनिल बिक, प्रकाश गौतम, कल्पना बिक र सीता शाही रहेका छन् । रेडियो संचालक समितिले काम लगाएको र काम गरेबापतको पारिश्रमिक माग्दा आफूहरूलाई व्यवास्ता गरेको कुनै पनि चासो नदेखाएको पत्रकार हिरा परियारले जानकारी दिनुभयो । आफूहरूले काम गरेबापतको ६ जनाको पारिश्रमिक रेडियोले दश लाख रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँको भनाई छ ।
पारिश्रमिक मागगर्दै आएका पत्रकारहरूले चार बुँदे माग राखेर आन्दोलन गरिराखेका छन् । अविलम्ब पारिश्रमिक दिनुपर्ने, श्रमजीवि पत्रकारिता ऐन अनुसार पारिश्रमिक व्यवस्था गरिनुपर्ने, परिक्षणकाल पुरा गरेका कर्मचारीलाई स्थाई गरिनुपर्ने र हक अधिकारको विषयमा बोलेकै भरमा निष्कासन गर्ने, जगेडामा राख्ने, अनावश्यक तनाव दिने, राजीनामा दिन बाध्य पार्ने जस्ता कार्य रेडियोले तत्काल बन्द गर्नुपर्ने जस्ता माग राखिएको छ । पत्रकारहरूले पटक पटक आफ्नो काम गरेबापतको पारिश्रमिक माग गर्दा पनि सुनुवाई नभएपछि आन्दोलन गर्नुपरेको पत्रकार सत्यबहादुर बटालाको भनाई छ । पारिश्रमिक उपलब्ध गराउन रेडियो संचालक समितलाई आग्रह गरेको र रेडियो संचालक समितिले वास्ता नगरेको पत्रकारहरूको आरोप रहेको छ ।
पत्रकारहरूले पारिश्रमिक नपाएको बिषयमा नेपाल पत्रकार महासङ्घ रुकुम शाखाले ०७९ असार ८ गते एक विज्ञप्ति सार्वजनिक गर्दै आपत्ति जनाएको छ । पारिश्रमिक नपाएका पत्रकारहरूको पारिश्रमिक अबिलम्ब उपलब्ध गराउन पत्रकार महासङ्घले आग्रह गरेको हो । त्यसैगरी पत्रकारहरूले पारिश्रमिक नपाएको बिषयमा पत्रकारहरूका सङ्घ सङ्गठनले आपत्ति जनाउदै पत्रकारले थालेको आन्दोलनमा एक्यवद्धता रहेको जानकारी दिएका छन् । ०७९ असार ९ गते विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न सङ्गठनहरूले आपत्ति जनाएका हुन ।
मनिषा केसी
सम्बन्धित समाचारहरू
नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित चार जना विरुद्ध पक्राउ पुर्जी जारी
जिल्ला अदालत काठमाडौँले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित सो पार्टीका चार जना नेताहरू विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालत काठमाडौँले ०८० मङ्सिर…
एमालेको कार्यक्रममा बालबालिकाको प्रयोग
नेकपा एमालेको मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा विद्यार्थीहरुलाई प्रयोग गरेको पाइएको छ । मङ्सिर १७ गते पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर नमूना माविका विद्यार्थीहरुले विद्यालय पोशाकमै नेकपा एमालेको कार्यक्रममा अध्यक्ष केपी शर्मा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परवानीपुर गाउँपालिका–४ चैनपुरकी ७१ बर्षीया रामसहेली देवी चौरसियालाई उनका जेठो छोराले कुटपिट तथा गालिगलौज गरेको भन्दै ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
फेटा गाउँपालिका–१ त्रिवेणीकी ७५ वर्षीया देवकलिया तत्मीनलाई उनका माहिलो छोराले कुटपिट तथा गालीगलौज गरेको आरोपमा पीडितले ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालय अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई…