एचआईभी सङमितहरूले पोषण र उपचारकालागि स्थानीय तहमा माग गरे

  ०७९ असोज ३१ गते

अर्घाखाँचीका एचआईभी सङ्क्रमितहरूले जिल्लाका स्थानीय निकायका प्रमुखलाई पोषण र उपचारार्थ यातायात खर्चको व्यवस्था गर्न असोज ३० गते माग पत्र बुझाएका छन् ।

स्थानीय स्वास्थ्य संस्थाबाट बिरामीहरूलेसेवा  नपाएपछि सेवाग्राहीहरूले स्वास्थ्य संस्थामा उक्त सेवा पाउनु पर्ने माग गर्दै माग पत्र बुझाएका हुन् ।

जिल्लामा हाल एच आई भी सङ्क्रमितहरू १३४ जना जसमा चार जना बालक सहित ६६ जना पुरुष र चार जना बालिका सहित ६८ जना महिला रहेका छन् । जिल्लामा अहिलेसम्म सङ्क्रमितहरू मध्ये ३४ जनाको मृत्यु भइसकेको छ  भने १ सय ३४ जना  सङ्क्रमितहरूले एआरभी. औषधि खादै आईरहेका छन् ।

स्थानीय तहमा सबै भन्दा बढी सङ्क्रमित सन्धिखर्क नगरपालिकामा ४८ जना मध्ये ११ जना ( ९ पुरुष र २ महिला) को मृत्यु भइसकेको छ । सङ्क्रमित ३७ जना (दुई जना बालबालिका सहित ) रहेको पीडित  बिपना थापाले बताउनु भयो ।

पीडित बेलकुमारी बन्जाडेका अनुसार –जिल्लामा एचआईभी सङ्क्रमित हुँ भनेर २०६४ सालमा सार्बजनिकरुपमा खुल्ने पहिलो व्यक्ति न् । । त्यो समयमा घर समुदाय तथा सामाजिक विभेद, हेला, अपमान र लाञ्छना धेरै सहनु र भोग्नु परेको उहाँको गुनासो छ ।

“जहाँ जहाँ गरीबी छ, त्यहाँ एचआईभी सङ्क्रमण छ ! हामी एचआईभीस ंक्रमितहरुको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको हुनाले पोषणको कमी हुने हुँदा छिटै मृत्युको मुखमा पुग्न बाध्य भएका छौं ।” एक जना पीडितले भन्नु भयो ।

जिल्लाका ६ वटै स्थानीय तहबाट सङ्क्रमितहरूले एआरभी. औषधि लिन अर्घाखाँची जिल्ला अस्पतालमा  प्रत्येक महिना आउने जाने यातायात खर्चको समस्या हुदै आएको छ । हाम्रो लागि पोषण सहयोग, उपचारार्थ यातायात खर्च र जीबिकोपार्जन सम्बन्धि नीतिगत व्यबस्था स्थानीय निकायले गर्न सके कल्याण हुने बताउँनु हुन्छ पीडित थापा  ।

सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार हामी यस बिषयमा छलफल गर्छौ र  संक्रमितलाई सहयोग गर्न पहिचानको आधार आवश्यक भएकोले कागजातको व्यबस्था गर्ने बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख जीबनारायण कोइरालाले एचआईभी संक्रमितलाई जो कसैले कहि पनि हेला अपमान, विभेद र लाञ्छना लगाउन नपाइने भन्दै उनीहरूलाई सहयोग आवश्यक रहेको बताउनु भयो ।


कूलबहादुर नेपाली