एक हजार आठ सय बालबालिका विद्यालयको पहुँच बाहिर
रोल्पा जिल्लामा अझैपनि १ हजार ८ सय ९३ जना बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको जिल्ला शिक्षा कार्यालयले गरेको अध्ययनले देखाएको छ ।
जिल्लाको पश्चिम क्षेत्रमा रहेका गाविसका बालबालिका विद्यालयको पहुँच भन्दा बाहिर रहेको उक्त अध्ययनले देखाएको हो । जिल्ला शिक्षा कार्यालय, रोल्पाको तथ्याङ्क अनुसार विद्यालय बाहिर रहेका दलित बालबालिका अन्तर्गत छात्र २ सय ५७ जना र छात्रा ३ सय जना रहेका छन् । त्यसैगरी जनजाति बालबालिका अन्तर्गत छात्र ३ सय ९२ जना, छात्रा ४ सय ३६ जना र अन्य छात्र २ सय ४१ जना र छात्रा २ सय ६७ जना बालबालिका रहेका छन् ।
जिल्लामा कूल १ हजार ८ सय ९३ जना बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय, रोल्पाले जनाएको छ ।
जिल्लामा यति धेरै बालबालिका विद्यालय बाहिर रहनुमा गरिबी नै प्रमुख कारण रहेको जिल्ला शिक्षा अधिकारी चिरञ्जिवी पौडलले बताए । बसाइसराई, बालविवाह, अपाङ्गता, बाबुआमाको स्वास्थ्य, भाइबहिनीको हेरचाह, घरको व्यस्तता, पढ्न नचाहनुलगायतका कारणले पनि बालबालिका विद्यालयको पहुँच बाहिर रहेको पौडेलले बताए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा नौ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर–१४ का १५ वर्षीय बालकलाई ९ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको इजलासले फागुन ६ गते दोषी ठहर…
बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराही उमनपा–१२ का १९ वर्षीय गणेशप्रसाद चौधरीलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले फागुन…
इन्सेक र मानवअधिकार आयोगद्वारा आत्महत्या घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग मधेस प्रदेशले नवराजपुर गाउँपालिका–१ मा भएको आत्महत्या घटनाको ०८१ फागुन ४ गते संयूक्त रुपमा अनुगमन गरेको छ । राष्ट्रिय मानवअधिकार आयोग…
अपहरण तथा शरीर बन्धक घटनाका आरोपितविरुद्ध उजुरी
२१ वर्षीया युवतीलाई अपहरण गरी शरीर बन्धक बनाई फरार रहेका आरोपित जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुमित रायविरुद्ध ०८१ फागुन ५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको…
विद्यार्थीमाथि भएको जातीय विभेद घटनाको इन्सेक र मानवअधिकार आयोगद्वारा अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेशले लहान नगरपालिका-१४ स्थित बस्तीपुर माध्यमिक विद्यालयमा दलित छात्रमाथि भएको जातीय छुवाछुत तथा विभेद घटनाको ०८१ फागुन ४ र ५…