एक सातादेखि अवरुद्ध सडक सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती
अविरल वर्षाका कारण एक सातादेखि अवरुद्ध भएको दिपायल बासुदेबी बोगटान सडक सञ्चालनमा नआउँदा आफूहरुले सास्ती खेप्नु परेका सो क्षेत्रका स्थानीयहरुले गुनासो गर्नु भएको छ ।
दैनिक जस्सो परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएर हिलाम्य हुदा ज्येष्ठ नागरिक, गर्भवती, सुत्केरी लगायत स्थानीयहरुले सास्ती खेप्नु परेको हो ।
गत असोज १८ गतेदेखि असोज २५ गतेसम्म परेको अविरल वर्षाले दिपायल बासुदेबी बोगटान सडक बासुदेबी रौवागाड पलाडी क्षेत्रमा पहिरो खसेर सडक हिलाम्य बन्दा आवतजावतमा समस्या परेको बोगटान फुडसिल गाउँपालिका–४ का स्थानीय बिरेन्द्र चन्दले गुनासो गर्नु भयो ।
उहाले भन्नु भयो– ‘हरेक वर्ष वर्षाको समयमा सडक अवरुद्ध हुने गरेको भएपनि स्थानीय तह र सम्बन्धित सरोकारवालाहरुले कुनै पहल नगरेका कारण सास्ती खेप्नु परेको छ ।’
०७९ असोज २८ गते के आइ सिँह गाउँपालिका— ३ का स्थानीय ३३ वर्षीया रम्भा भुलको बसुदेवि स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि चार घण्टाको बाटोमा स्टेचरमा बोकेर दिपायलस्थित शैलेश्वरी अस्पतालमा लगिएका पीीडतका जेठाजु सुर्य भुलले दुखेसो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘वर्षातको समयमा हरेक वर्ष यस्तै सास्ती खेप्नु परेको छ । सरकारले यसको दिर्धकालिन समाधान नखोज्दा स्थानीयहरुले वर्षेनी यस्तै सास्ती खेप्नु पर्ने बाध्यता छ ।’
दशै र तिहारको समयमा सडक अवरुद्ध हुदा दशैतिहार मनाउन घर आएका स्थानीय नागरिकहरुले सास्ती खेप्नु परेको बोगटान फुडसिल गाउँपालिका–५ का स्थानीय देबबहादुर बोहराले गुनासो गर्नु भयो ।
उहाँले भन्नु भयो– ‘घर घरमा सिंह दरबार व्यवहारमा छैन् । तीनै तहका सरकार भनेपनि हामीलाई कुनै अनुभूति छैन् । हामीहरुको पिडा कसैले सुनुवाइ गरेका छैनन् ।’
बोगटान फुडसिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले अविरल वर्षा र नियमित परिरहने पानीले सडक अवरुद्ध भई स्थानीय नागरीकहरुले सास्ती खेप्नु परेको बताउनु भयो ।
उहाँले के आइ सिंह गाउँपालिकाको क्षेत्रमा अवरुद्ध सडक सञ्चालनमा ल्याउन एउटा स्काभेटर डोजर र बोगटान फुडसिल गाउँपालिकामा अर्को गरी दुई ओटा स्काभेटर डोजरले काम भइरहेकोले अवरुद्ध सडक केही दिनमा सञ्चालनमा आउने बताउनु भयो ।
गणेश जोशी
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…