एक वर्ष अघिदेखि राहत नपाएको बाढी पीडितको गुनासो
एक वर्ष अघि परेको अविरल वर्षाले डुवानमा परेर क्षति भएका तीन घरपरिवारले राहत नपाएको गुनासो गरेका छन् ।
गत वर्षको असोज र कात्तिक महिनामा परेको अविरल वर्षाका कारण सिमकोट गाउँपालिका–७ को डाँडाफयाका तीनओटा घरलाई पूर्ण रुपमा क्षति बनाएको थियो ।
वर्षाले क्षति बनाएको करिब एक वर्ष बित्दा पनि स्थानीयले राहतको महसुुस गर्न पाएका छैनन् ।
बाढी पहिरो गएर घर डुबानमा पर्यो नत कसैले राहत नै दिए नत सुनुवाई भयो स्थानीय पीडित मैकला शाहीले गुनासो गर्नु भएको छ ।
रातीको समयमा आएको बाढी पहिरोले गर्दा सोही गाउँपालिका ७ को माझगाउँका स्थानीय मैकला शाहीको दुई तले घर र कालिबहादुर विकको एक तले घरलाई पूर्ण क्षति पुर्याएको थियो । उक्त वर्षाले पुर्याएको क्षतिका लागि घर धनीहरूले जिल्लाका विभिन्न स्थानीय तह लगायत सरोकारवाला निकायमा राहतका लागि अनुरोध गर्दा पनि कसैले सहयोग नगरेको शाहीले गुनासो गर्नु भयो ।
पीडित शाहीका अनुसार चार वर्षअघि सोही ठाउँमा आफूले निर्माण गरेको घरलाई हिल्सा सिमकोट सडक योजनाले डोजर लगाई भत्कायो त्यस बेलापनि राहत पाइएन । पुनः पनि वर्षाले घर डुवानमा पर्यो जिल्ला विपत व्यवस्थापन समिति र सिमकोट गाउँपालिकाले पर्याप्त राहतको व्यवस्था नगरेको पीडितको आरोप छ ।
करिब एक वर्षदेखि घर डुवानमा परेको र घर अगाडीको बालि नाली समेत बगाएर लगेपछि दैनिक साँझ र बिहानको छाक टार्न समेत सकस भएको शाहीले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो गाँस, बास र कपासका लागि पटक पटक सिमकोट गाउँपालिकालाई अनुरोध गर्दा पनि आश्वासन मात्रै दिने तर सहयोग गरेका छ्रनन्् ।
घर डुवानमा परे लगतै धारापोरी प्रहरी चौकीले मुचुल्का गरेको थियो । प्रहरीको मुचुल्काको आधारमा जिल्ला विपत व्यवस्थापन समितिले १० हजार रुपियाँ सहयोग गरेपनि त्यसले केही नपुग्ने पीडित शाहीले जानकारी दिनु भयो ।
विशेष गरेर सो ठाउँका तीन घरपरिवार उच्च जोखिममा रहेको र गाउँपालिकामा बस्ती विस्तारका लागि आफुले पटक पटक अनुरोध गर्दै आएको वडाध्यक्ष बलविर शाहीले बताउनु भयो । उक्त बस्तीमा मैकला शाहीको दुईतले घर र कालि बहादुर सुनारको एक तले घर उच्च जोखिममा रहेको वडाध्यक्ष शाहीको भनाई छ ।
रेडक्रसले भने विभिन्न सामाग्री आउँछ भनेर आश्वासन मात्रै दियो तर हालसम्म राहत नदिएको पीडितहरूले गुनासो गरेका छन् ।
मैकला शाहीका तीन छोरा रोजगारीका लागि भारत गएका छन । उनको घरको तल्लो तला यो वर्ष पनि डुबानमा परेको छ । वैकल्पिक व्यवस्था नभएपछि उनको घरपरिवार जोखिम मोलेर क्षतिग्रस्त घरमा बस्दै आएका छन् । अर्का बाढी पीडित कालिबहादुरको परिवार छिमेकीको घरमा बस्दै आएका छन् ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बम विष्फोट र संगठित अपराधमा चार वर्ष कैद
बम विष्फोट गराई प्रहरीहरूको ज्यानमार्ने उद्योग गरेको र संगठित अपराध गरेको कसूरमा खड्ग नगरपालिका–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई चैत ९ गते ४ वर्ष कैद सजाय भएको छ । जिल्ला…
कैद ठहर भएका बालकलाई संरक्षककै जिम्मा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बोदेबर्साइन नगरपालिका–३ गौराका १२ बर्षीय बालकलाई चैत ९ गते अदालतले ६ महिना कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले ठहर गरेको…
बलात्कार घटनाको कसुरमा कैद सजाय
एक १५ वर्षीया बालिकालाई लहान नगरपालिका–२२ का २१ वर्षीय राजन सदायले बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले १२ वर्ष ६ महिना कैद सजायको फैसला चैत ८ गते गरेको छ…
हिंसा पीडितको न्याय माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सिन्धुलीमा क्रियाशील महिला अधिकार तथा मानव अधिकारकर्मीहरूले ०७९ चैत ९ गते महिला तथा बालिकामाथि यौनजन्य, शारीरिक, मानसिक हिंसाहरू बढ्दै गएको र पीडितले न्याय र सुरक्षा पाउन नसकेको भन्दै त्यसको प्रभावकारीताका…
यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजाय फैसला
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले ०७९ चैत ८ गते कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया धनकुमारी चौधरीलाई तीन महिना कैद सजाय हुने…