एक वर्षसम्मको पारिश्रमिक नपाएको स्थानीय तहका कर्मचारीको गुनासो
त्रिपुरासुन्दरी नगरपालिकामा कार्यरत १ सय ४ जना करार कर्मचारीले एक वर्षको पारिश्रमिक नपाएको गुनासो गरेका छन ।
त्रिपुरासुन्दरी नगरपालिका–४ नम्बर वडा कार्यालयमा कार्यरत सव ओभरसियर होमबहादुर कठायतले आफुले ०७८ असोजदेखिको तलबभत्ता नपाएको आरोप लगाउनु भएको छ ।
नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगमा उजुरी परेपछि आन्तरिक हिसाव मिलाएपछि पारिश्रमिक उपलब्ध गराउछौँ काम गर्दै जानुहोस भनि नगर प्रशासनले भनेपछि काम गर्दै गयौ तर अहिलेसम्म पारिश्रमिक पाएका छैनौ अब आन्दोलन गर्नुको विकल्प नरहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा कार्यरत अहेव हिमेश देवकोटाले बताउनु भयो ।
त्रिपुरासुन्दरी नगरपालिकामा आन्तरिक स्रोतबाट खर्च हुने गरि नियुक्ति गरिएका अहेव, सव ओभरसियर र कार्यालय सहयोगी गरी १ सय ४ जनाले एक वर्षदेखिको तलबभत्ता पाएका छैनन् ।
नगरले आज भोली भित्रमा तलबभत्ता सबैको खातामा जान्छ ढुक्क भएर काम गर्दै जानुहोस भन्ने तर खातामा तलबभत्ता जम्मा नगर्ने गरेको कर्मचारीहरूले बताएका छन ।
सवओभरसियर कठायतले नगरपालिकाले एक वर्षसम्मको तलबभत्ता उपलब्ध गराउनुको सट्टा तलब नै नदिएर करार सेवा नवीकरण नगरेकाले सङ्घर्ष समिति गठन गरेर आन्दोलनको तयारीमा आफुहरू लागेको बताउनु भयो । तत्कालीन नगरप्रमुख ओमबहादुर बुढाले नगरको आन्तरिक स्रोतवाट उपलब्ध गराउने गरी १ सय ४ जना करार कर्मचारी नियुक्ति गर्नु भयो, तलबभत्ता पनि समयमा उपलब्ध गराउनु भएको थियो तर नयाँ प्रमुख आएपछि तलव भत्तामा राजनीति गर्न थालिएको कठायतको आरोप छ । नगरप्रमुख जनचन्द्र रोकाया नगरको आन्तरिक स्रोतले नभ्याउने भएकाले एक वर्षको तलवभत्ता केही समयभित्र उपलब्ध गराउने गरी करार सेवा नवीकरण नगरिएको बताउनु हुन्छ ।
त्रिपुरासुन्दरी नगरकार्यपालिकाको ०७९ असार ६ गते बसेको बैठकले ०७९ साउन १ गतेदेखि करारसेवाका कुनैपनि कर्मचारीको म्याद नथप्ने निर्णय गरेको छ ।
विष्णु प्रसाद देवकोटा
सम्बन्धित समाचारहरू
इन्सेक अनलाइनमा प्रकाशित समाचारको प्रभाव : खाद्य संस्थानले फिर्ता गर्यो कुहिएको चामल
नाम्खा गाउँपालिका–५ को मुचु गाउँमा असोज ५ गते बिक्री भएको कुहिएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा हुम्लालले फिर्ता गरेको छ । इन्सेक अनलाइनमा असोज १० गते खाद्य व्यवस्था…
स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य
जिल्ला सदरमुकाम सिलगढीमा रहेका स्थानीय उपभोक्ताहरु दुषित पानी पिउन बाध्य भएका छन् । पानीको मुहान र उपभोक्ताको पाइपसम्म आउने पानीको परीक्षण गर्दा पानीमा कोलिफम (हानिकारक कीटाणु) भेटिएको भए पनि लामो…
आवश्यक कानुनका विषयमा संसदमा आवाज उठाउने: प्रमुख सचेतक विष्ट
कर्णाली प्रदेश सभामा सैद्धान्तिक छलफल हुँदा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयकको आवश्यकता र औचित्यका विषयमा बोल्ने नेपाली काङ्ग्रेसका प्रमुख सचेतक हिक्मत बहादुर विष्टले प्रतिबद्धता जनाउनुभयो । अनौपचारिक क्षेत्र…
भानु नगरपालिकाले लागु गर्याे स्थानीय पाठ्यक्रम
भानु नगरपालिकाले आधारभूत तह कक्षा एक देखि आठ सम्मका लागि स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ लागु गरेको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० का लागि उक्त पाठ्यक्रम तयारगरि प्रयोगमा ल्याएको…
चिकित्सक कुटपिट तथा अस्पताल तोडफोड घटनामा थप आठ जना अरोपित गिरफ्तार
मणिपाल शिक्षण अस्पताल पोखराका चिकित्सक अनिल शाहमाथि असोज ८ गते कुटपिट र अस्पताल तोडफोड गरेको आरोपमा प्रहरीले थप आठ जनालाई गरिफ्तार गरेको छ । आरोपितहरुलाई प्रहरीले असोज १२ गते बेलुका…