एक वर्षमा विपद्का १ सय ५५ घटना, स्थानीय तहसँग छैन विपद् प्रतिकार्य योजना
गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका १ सय ५५ ओटा प्राकृतिक विपद्का घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु भएको तथा ६० लाख रुपियाँभन्दा बढी मूल्य बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपत व्यवस्थापन समितिका संयोजक केदारनाथ शर्माका अनुसार एक वर्षको अवधिमा बाढी पहिरोका ९९, आगलागीका ४१, करेन्ट लागेका पाँच र चट्याङका १० ओटा घटनाहरू अभिलेखित छन् ।
यिनै ३टनाहरूमध्ये बाढी पहिरोमा परेर चार जना र आगलागीमा परेर एक जनाले ज्यान गुमाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
आगलागीबाट दुई, करेन्टबाट तीन र चट्याङ लागेर सात जना गरी १२ जना घाइते भएका र बाढी पहिरोमा परेका एक जनाको पत्तो लागेको छैन ।
पशुपंक्षीतर्फ बाढी पहिरोमा १०, आगलागीमा १८ र चट्याङमा दुई गरेर ३० ओटाको मृत्यु भएको छ । भौतिक क्षतितर्फ करिब ६० लाख ७५ हजार रुपियाँ बराबर रहेको प्रहरीले विवरण सङ्कलन गरेको छ ।
बाढी पहिरोबाट ६० लाख ३० हजार रुपियाँ, आगलागीबाट ३१ हजार रुपियाँ र चट्याङबाट १४ हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढी पहिरोमा परेर ७० ओटा घर, ११ ओटा गोठ र १८ ओटा अन्य संरचनामा, आगलागीबाट १२ ओटा घर, ११ ओटा गोठ र १८ ओटा अन्य संरचनामा, करेन्टबाट दुई ओटा अन्य संरचनामा र चट्याङबाट सात ओटा घर, तीन ओटा गोठ गरी १० ओटामा क्षति भएको शर्माले जानकारी दिनु भयो ।
शर्माले जिल्लामा हुने गरेका विपद्का घटना न्यूनीकरण गर्न स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासीहरूको सहयोगमा विपद् प्रतिकार्यका लागि सकेसम्मको मिहिनेत गरिरहेको बताउनु भयो ।
जिल्लामा विपद्का घटनाहरू बर्सेनी बढ्दै गएपनि स्थानीय सरकारहरूले ठोस योजना बनाउन सकेका छैनन् । पर्वत जिल्लाका सात स्थानीय तहमध्ये मोदी गाउँपालिकाले मात्रै विपद् प्रतिकार्य योजन निर्माण गरेर विपद् व्यवस्थापन तथा सहयोग गर्दै आएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर क्षेत्रीले विपद्का हरेक घटनालाई व्यवस्थापन गर्नका लागि गाउँपालिकामा बनेको विपद् प्रतिकार्य योजनालाई आधार मानेर काम गर्दै आएको बताउनु भयो ।
जलजला गाउँपालिकाका विपद् फोकल पर्सन चित्रानाथ आचार्यका अनुसार हाल सम्म विपद् व्यवस्थापन योजना नबनको र आर्थिक सहायता कार्यविधिलाई आधार मानेर विपद्का घटनाबाट पिडितहरूलाई सहयोग गरिँदै आएको बताउनु भयो ।
कतिपय स्थानीय तहहरूले जिल्ला विपद् व्यवस्थापन समितिले निर्माण गरेको जिल्ला विपद् प्रतिकार्य योजनालाई आधार मानेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनु भयो ।
नेपाल सरकारको स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ११ बमोजिम् सबै स्थानीय तहहरूले विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना बनाउनुपर्ने प्रावधान रहेको छ ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…