एक वर्षदेखि मजदुरले ज्याला नपाएको गुनासो
जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माण गर्ने क्रममा काम गरेको एक वर्षसम्म ज्याला नपाएको मजदुरहरूले गुनासो गरेका छन् ।
एक वर्षसम्म ४५ जना दक्ष तथा अदक्ष कामदारहरूले मजदुरी गरेको ज्याला नपाएपछि माघ २८ गते पत्रकार सम्मेलनमार्फत यस्तो गुनासो गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कालिकोटको आवास भवन निर्माणको जिम्मा लिएको रविना बडिमालिका कन्ट्रक्सन प्रालिका देवजङ्ग शाही र प्रतिनिधि मनजित शाहीले ६२ लाख रुपियाँको कामको जिम्मा लिएपनि भुक्तानी आफैँले लिएर भागेको पीडित तेजबहादुर शाहीले बताए ।
कन्ट्रक्सनका प्रमुख शाहीले प्रतिनिधि मन्जित शाहीमार्फत सम्झौता गरेको कामदारलाई एक वर्षसम्मको १९ लाख रुपियाँ ज्याला भुक्तानी नदिएर ठगेको पीडितहरूले आरोप लगाएका छन् ।
ठेकेदारले ज्याला मजदुरी ठगेपछि पीडितहरूले प्रहरीसमक्ष उजुरी दिँदा लिन नमानेको र जिल्ला प्रशासन कार्यालयमा उजुरी लिएर जाँदा जिल्ला प्रहरी कार्यालयका डिएसपी विनोद शर्माले धम्की दिएको पीडित दर्न मल्लले आरोप लगाए ।
काम गर्नका लागि सम्झौता गर्ने ठेकेदार नेपाली कांग्रेस कालिकोट जिल्ला कार्यसमितिका कोषाध्यक्षसमेत रहेका मनजित शाही सम्पर्क विहीन अवस्थामा छन् ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले ठेकेदारहरू नै काम पूरा नगरी भागेकाले समस्या आएको प्रतिक्रिया दिए ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…