एक महिलाको शव फेला, अनुसन्धान सुरु

  ०७३ कात्तिक २१ गते

मध्यपुर थिमी नपा-२ बोडेमा कात्तिक २१ गते एक महिलाको शव फेला परेको छ । किरा परेर कुहिएको अवस्थामा उक्त शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमीका डिएसपी श्यामबाबु ओलीयाले बताए ।

बोडेबाट मूलपानीतर्फजाने मूल सडकबाट खेततर्फजाने भित्री सडकको छेऊमा अन्दाजी २७ वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक महिलाको टाउकोमा चोट देखिएको र बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याकिदिएकोले मृतक महिलाको हत्या भएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ ।

मृतक महिलाको पहिचान हुन नसकेको बताउँदै डिएसपी ओलीयाले प्रहरी वृत्त थिमी र अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।


सविना केसी