एक महिना देखि खलंगामा खानेपानीको समस्या
जिल्ला सदरमुकाम खलंगा बजार भित्रका टोलहरूमा एक महिनादेखि खानेपानीको समस्या हुँदा स्थानीय मर्कामा परेका छन् । गर्मीयाम बढेसंगै पानीका मुहान सुक्दै गएपछि खानेपानीको टंकीमा पानी कम आउन थालेपछि खलंगा बजार भित्रका गैरीखाली, ठाँटी बजार, बाउनबाडा, पिपलडाँडा थाप्ले टोलहरुमा खानेपानी आपूर्तिमा समस्या भएको हो ।
भेरी नगरपालिका–४ गैरीखालीका राम प्रसाद शर्माले खानेपानी उपभोक्ता समितिले खानेपानी आपूर्तिमा वेवास्ता गरेको बताउनु भयो । खानेपानी नहुँदा होटल व्यवसाय बन्द गर्न पर्ने अवस्था भए संगै विद्यार्थी, कर्मचारी र व्यापारीहरु समेतलाई साउनेपानी, कोटखोला र भेलालेका मुहानसम्म पानी लिन पुग्नुपर्ने बाध्यता भएको उहाँको भनाइ छ ।
खानेपानीकै अभावले जिल्ला कारागारका कैदीबन्दीहरु पनि मर्कामा परेका छन् । उनीहरुलाई पिउने पानी, शौचालय प्रयोग र सरसफाईका लागि समस्या भएपछि छिमेकीका घरबाट सहयोग मागेर समस्या टार्ने गरिएको जाजरकोट कारागारका जेलर चन्द्र बहादुर गिरीले जानकारी दिनुभयो ।
कागागारमा खानेपानी उपभोक्ता समितिको पानीमा समस्या आउने भएपछि सिधै पानीको टंकीमै मुहानबाट आउने पानीको पाईपलाईनमा जोडेर पानी ल्याउने गरेको भएपनि पानीको मुहान सुक्न थालेपछि थप समस्या भएको उहाँले बताउनु भयो ।
त्यस्तैगरी जिल्ला अस्पताल जाजरकोटमा पनि खानेपानी समस्याले अस्पताल व्यवस्थापनमा समस्या भएको अस्पतालका डाक्टर दयाराम यादवले जानकारी दिनुभयो । दैनिक अस्पताल आउने बिरामीका साथै कर्मचारीहरुलाई समेत शौचालय प्रयोग र पिउने पानीमा समस्या भएको उहाँले जानकारी दिनु भयो ।
गर्मीयाम बढेसंगै मुहान पनि सुक्ने र जिल्ला सदरमुकाम भित्र विभिन्न स्थानमा खानेपानीको पाइपलाई जडानको पनि काम भैरहेको हुँदा खानेपानी आपूर्तिमा समस्या भएको जाजरकोट खलंगा खानेपानी सहलगानी उपभोक्ता समितिका अध्यक्ष बसन्त प्रसाद शर्माले जानकारी दिनुभयो ।
करिब ३४ हजार जनसंख्या रहेको सदरमुकाम खलंगा भित्र दैनिक १९ लाख लिटर पानीको आवश्यक रहेपनि अहिले दैनिक तीन लाख लिटर मात्र पानी आपुर्ति भैरहेकोहुँदा खानेपानीको समस्या रहेको समेत उहाँले बताउनु भयो ।
दिनेश कुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…