एक महिनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ सय ६२ जना पीडित

  ०७८ साउन ७ गते

इन्सेकले असार महिनामा १ सय ८ जना महिला र ५४ जना पुरुष गरी १ सय ६२ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

monthly_data_2078_asar (1)

साउन ७ गते असार महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ असार महिनामा इन्सेक अनलाइनमा  प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी १ सय ६२ जना पीडित भएका र धनकुटाको पाख्रिबास नगरपालिकामा तोडफोड तथा डोटीमा स्काभेटर आगजनीको दुई ओटा घटना अभिलेखित छन् ।monthly_data_2078_asar (2) monthly_data_2078_asar (3)

‘ प्रकाशित समाचार अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ४६, प्रदेश २ मा ४४ जना, लुम्बिनी प्रदेशमा २१ जना, प्रदेश १ मा २० जना, गण्डकी १५ कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा चार जना पीडित भए ।’–विश्लेषणमा उल्लेख गरिएको छ ।

असार महिनामा पत्नी हत्याका ६, परिवारजनबाट हत्याका चार, बलात्कारपछि हत्याको तीन, बलात्कार प्रयासपछि हत्याको एकसहित २२ जनाको हत्या भएका घटना अभिलेख गरिएको छ । यो अवधिमा झडपमा १२ जनासहित १५ जना घाइते भए । गिरफ्तारीका घटनामा तीन जना महिलासहित ३० जना, कुटपिटबाट पाँच जना, धम्कीका घटनामा एक जना र यातनाका घटनामा एक जना पीडित भए ।

प्रकाशित समाचारमध्ये बाल अधिकार उल्लङ्घनका घटनामा परी ५३ जना बालिका पीडित भए भने महिला अधिकार उल्लङ्घनका घटनामा ३२ जना पीडित भए ।

मासिक विश्लेषण पढ्नका लागि यहाँ क्लिक गर्नु होला 


अनलाइन डेस्क