एक महिनादेखि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प
साइपाल गाउँपालिकामा सञ्चालनमा रहेका आठ ओटा विद्यालयहरु एक महिनादेखि बन्द भएपछि पठनपाठन ठप्प भएको छ ।
अभिभावकसँगै विद्यालय जाने उमेरका बालबालिका र शिक्षकहरु समेत यार्सा सङ्कलन गर्न लेकतिर गएपछि विद्यालय बन्द हुँदा पठनपाठन ठप्प भएको हो ।
अभिभावकसँगै विद्यार्थीहरु यार्सा सङ्कलन गर्न लेकतिर गएपछि गाउँपालिकास्थित काँडा मावि, धलौन माविलगायतका विद्यालय वैशाख पहिलो हप्तादेखि बन्द गर्नुपरेको काँडा माविका प्रधानाध्यापक रमेश जेठाराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘विद्यार्थीहरू कोही आउँदैनन् । सबै लेकतिर यार्सा टिप्न हिँडेका छन् ।’
साइपाल गाउँपालिकाका सबै विद्यालय यतिखेर बन्द गरिएका छन् । उत्तरी भेगमा साईपाल गाउँपालिकामा तीन मावि, तीन प्रावि र तीन शिसु कक्षा गरी आ७ विद्यालय रहेका छन् । पहिलो हप्ता विद्यालय भर्ना भइ यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्र फर्कने गर्दछन् ।
आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।
यार्सा नै मुख्य आम्दानीको स्रोत रहेको साइपाल गाउँपालिकामा अधिकांश विद्यालय जाने बालबालिका र शिक्षकहरु समेत यार्सा सङ्कलनको लागि लेक तिर जाने र असारमा आउने गरेको कारण विद्यालय बन्द हुने गरेको स्थानीय बसन्त बोहराले बताउनु भयो ।
यस भेगका १० वर्षका बालबालिकादेखि ६० वर्ष उमेर समूहका ज्येष्ठ नागरिक समेत यार्सा सङ्कलन गर्न प्रत्येक वर्ष लेकरित जाने गर्दछन् ।
ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सा सङ्कलन बढी गर्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले आफ्ना बालबालिकालाई समेत यार्सा टिप्न लेकतिर लिएर जाने गरेका हुन् ।
अन्य आयस्रोत र रोजगारी नभएका कारण वर्षभरीको समस्या समाधान गर्न यार्सा वाहेक अन्य विकल्प नभएकोले तीन छोराछोरी सहित यार्सा सङ्कलन गर्न राईढुङ्ङी लेकमा पुगेको स्थानीय पवित्रा बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अन्न उब्जनी हुने जमिन छैन् । यार्सा सङ्कलन गर्न नगए भोकमारी हुन्छ । घरको अन्नले तीन महिना पनि खान पुग्दैन । बालबालिका यार्सा सङ्कलनमा नलिएर कस्लाई लिनु ?’
२०७८ सालमा गाउँपालिकाले सङ्कलन गरेको अतिविपन्न व्यक्तिहरुको नामावलीमा करिब २ सय घरपरिवार अझै पनि भोकमरीको चपेटामा रहेको स्थानीय तिलक विकले बताउनु भयो ।
जनप्रतिनिधी हुनु भन्दा अगाडी यार्सा सङ्कलनमा विद्यार्थी लगाउन रोक लगाउने र विद्यालय खुलाउने कुरा गर्दा स्थानीयहरुले आफूमाथि गालिगलौज गर्ने गरेको र स्याउँ, राज्मा लगायत कृर्षिमा आधारित रोजगारीका योजना गतवर्ष प्रदेश सरकारको सहयोगमा गाउँपालिकामा सञ्चालन गरिएको भएपनि स्थानीयहरुले यार्सा सङ्कलन गर्न घरमा ताला लगाएर जाने गरेको साईपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘अघिल्ला वर्ष पनि विद्यार्थीहरुको पठनपाठनका सन्दर्भमा छलफल भएको हो । साना उमेरका बालबालिका भएकाले स्थानीयले घरमा राख्न मान्दैनन् । आफूसँगै यार्सा सङ्कलन गर्ने स्थानमा लिएर जान्छन् । वर्षेनी तीनदेखि १२ जना सम्मले विद्यालय छोड्ने गरेका छन् । पाँच वर्षको अवधिमा १ सय जना बालबालिकाले विद्यालय छोडेको पाइएको छ ।’
यो वर्ष पनि गाउँमै रोजगारी दिनका लागि विभिन्न योजनाहरु अघि सारिएको र गाउँपालिकाले असार १ गतेदेखि विद्यालय सञ्चालन गर्नु पर्ने निर्णय समेत गरेको अध्यक्ष बोहराको भनाइ छ ।
सत्यराज सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…