एक महिनादेखि वडा कार्यालयमा तालाबन्दी, सेवाग्राही प्रभावित
हिमा गाउँपालिकास्थित ३ नम्बर वडा कार्यालयमा चार हप्तादेखि तालाबन्दी हुँदा सेवाग्राही प्रभावित भएका छन् । वडाको केन्द्र विवादको विषयमा साउन २५ गते स्थानीयबासीले तालाबन्दी गरेका थिए ।
वडा कार्यालयमा तालाबन्दी भएपछि नागरिकता, जन्म र मृत्यु दर्ताको सिफारिस, जग्गा नामसारीको सिफारिस, पेन्सन पट्टा सिफारिस र विकास निर्माणका कामकाज ठप्प भएको जोगीवाडाका लालुनाथ योगीले गुनासो गरे ।
वडा कार्यालयमा लामो समयसम्म तालाबन्दी हुँदा पनि गाउँपालिका प्रमुख तथा उपप्रमुखको ध्यानाकर्षण समेत नभएको उनले गुनासो गरे । सेवाग्राही सेवाबाट वञ्चित हुँदा पनि गाउँपालिकाले विवाद सुल्झाउनेतर्फ कुनै चासो नदेखाएको नेपाली कङ्ग्रेसका युवा नेता लक्ष्मण शाहीले आरोप लगाए ।
हिमा गाउँपालिका–३ अन्तर्गतका जोगीवाडा र च्यामा गाउँका नागरिकलाई बेवास्ता गरी मनोमानी ढङ्गले मोफ्ला गाउँबासीलाई मात्र सेवा सुविधामा पहुँच हुने गरी वडाकार्यालय सारिएको भन्दै स्थानीयबासीले तालाबन्दी गरेका हुन् ।
तीन गाउँको केन्द्र विन्दु पर्ने च्यामा गाउँमा रहेको कार्यालय बहुमतको बलमा मोफ्ला सारिएको र सेवा सुविधामा पक्षपात गरिएको च्यामा र जोगीवाडाका स्थानीयबासीको आरोप छ ।
वडा कार्यालयको भवन निर्माणका लागि च्यामा गाउँमा जग्गा वडा कार्यालयको नाममा रजिष्ट्रेशन गरी नागरिकहरूकै पहलमा शिलान्यास गरिने सङ्घर्ष समितिका सचिव राजेन्द्रनाथ योगीले बताए । पक्षपातपूर्ण व्यवहार त्यागी न्यायोचित व्यवहार गर्न र पारदर्शी र दिगो विकास गर्न वडा तथा गाउँपालिकाका पदाधिकारीलाई उनले आग्रह समेत गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले वडा कार्यालयमा तालाबन्दी गर्नुपर्ने समस्या नरहेको बताए । ‘यस विषयमा समस्या समाधानका लागि छलफल भइरहेको छ ।’–उनले भने ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या
जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का…
दलित सशक्तिकरण ऐन कार्यान्वयनको अवस्था बारे नीति संवाद
मधेस प्रदेश नीति तथा योजना आयोगले दलित सशक्तिकरण ऐन कार्यान्वयन अवस्था विषयमा सरोकारवाला निकायका व्यक्तिहरूसँग २०८१ मङ्सिर २७ गते जनकपुरधाममा नीति संवाद कार्यक्रमको अयोजना गरेको छ । कार्यक्रममा मधेस प्रदेश…
बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार
३९ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लग्दै गरेको अवस्थामा नुवाकोट जिल्लाको दुपेश्वर नगरपालिका–७ का २३ वर्षीय शिशिर तामाङलाई प्रहरीले ०८१ मङ्सिर २६ गते गिरफ्तार गरेको छ ।…
बलात्कार गरेको कसुरमा २५ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राप्तीसोनारी गाउँपालिका-२, हरिहरपुरका ५५ वर्षीय पराजुली विकलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश रामाकन्त यादवको ०८१ मङ्सिर…
हिउँमै पठनपाठन गर्नुपर्ने विद्यार्थीहरूको बाध्यता
हिउँ परेपछि हुम्लाका विद्यार्थीहरू हिउँमै पठनपाठन गर्न बाध्य भएका छन् । हिउँले अत्यधिक चिसो बढेपछि घामताप्दै विद्यार्थी कोठा बाहिर खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य भएका हुन् । सिमकोट गाउँपालिका–७ स्थित…