एक महिनादेखि औषधि नभएपछि बिरामी उपचारबाट वञ्चित
स्याँडा गाविसको स्वास्थ्य चौकीमा माघको १५ गतेबाट औषधि नभएपछि औषधि उपचारमा पुगेकाहरू रित्तो हात घर फर्कन बाध्य भएको स्याँडा गाविस-६ की प्रेमकला बुढाले गुनासो गरिन् ।
सो स्वास्थ्य चौकीमा सिटामोल बाहेक अन्य कुनै पनि औषधि नहुँदा यतिखेर स्याँडा गाविसका कम्तीमा पनि दिनको ३० देखि ४० जना बिरामी औषधि उपचारबाट वञ्चित भएको अर्का स्थानीयवासी भक्त परियारले बताए ।
दमको रोगबाट पीडित ६२ वर्षीया धानचाउँली वुढा भन्छिन-'आफू आएको तीन दिन भैसक्दा पनि स्वास्थ्य चौकीका इन्चार्ज खडानन्द न्यौपानेले भोलिभोलि भन्दै झारा टार्ने काम गरेको आरोप लगाइन् ।
सामान्य टाउको दुख्ने र झाडापखला समेतको औषधि नहुँदा सदरमुकाम धाउनु परेको सुरेश शाहीको भनाइ छ । उक्त स्वास्थ्य चौकीमा एक जना इन्चार्ज दुई जना अनमी र एक जना कार्यालय सहयोगी गरी जम्मा चार जनाको दरबन्दी रहेको स्वास्थ्य चौकीमा अहिले दुई जनामात्र कार्यरत रहेको इन्चार्ज न्यौपानेले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यलय हुम्लाका निमित्त कार्यलय प्रमुख ध्रुव सिंहका अनुसार स्याँडा स्वास्थ्य चौकीका लागि औषधि तयारी भएको एक महिना भइसक्दा पनि कार्यलय सहयोगी आएर नलगेकाले समस्या भएको बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…