एक बालकलाई निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक
महोत्तरीको बर्दिबासमा एक बालकलाई ६ घण्टासम्म नियन्त्रणमा लिइ निर्ममतापुर्वक कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
बर्दिबास–१२ बस्ने १४ वर्षीय इन्द्रजित कुमार महतोलाई माघ २२ गते सोही ठाउँका रन्जित महतोको घरमा राखेको माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा १८ वर्षीय रन्जित महतो र उनका साथीहरू १८ वर्षीय सन्जित महतो, २० वर्षीय हरि महतो, १९ वर्षीय रामजन्म महतो, २० वर्षीय सुशील महतो र २१ वर्षीय रन्जित चौधरीले माघ २३ गते ६ घण्टासम्म नियन्त्रणमा लिइ निर्ममतापूर्वक कुटपिट गरेको जानकारी पीडित परिवारले इन्सेक महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहलाई गराएको छ ।
स्थानिय प्रत्यक्षदर्शीका अनुसार युवाहरूले बालकलाई बाइकमा पछाडी राखेर आरोपित मध्येका सन्जित महतोको घरमा पु¥याएर ६ घण्टासम्म यातना दिएको हो । माघ २३ गते झण्डै १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र उनिहरूले छाडेको पिडित बालक इन्द्रजित महतोले बताए ।
बालक इन्द्रजितले भने, ‘मलाइ बाइकमा राखेर सन्जित महतोको घरमा पु¥याए अनि डोरीले दुबै हात बाधेर झुण्ड्याएर कुटपिट गरे । खुकुरी देखाए, पैतालामा तारले कुटे, म रुदै चिच्याउँदै गर्दा पनि छोडेनन् ।’
पिडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिडडुल गर्न समेत समस्या भइरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन् ।
गाउँ कै एक विद्यालयमा कक्षा–६ मा अध्ययनरत पिडित बालकलाई चोरी भएको जबर्जस्ती स्विकार गर्न निक्कै यातना दिएको उनको घाउ र निलडामबाट प्रमाणित हुन्छ ।
बालकको पछाडी ढाडमा लठ्ठीले हानेको सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ । ‘मलाई पानीमा मुन्टो डुबाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे’ इन्द्रजितले रुदै भने । ‘टाउकोमा पनि औँठी लगाएको हातले जोडले हिर्काए ।’
युवाहरूले निर्घात कुटपिट गरेर बेलुका छाडेपछि पिडित परिवारजनले गाउँमा नै रहेको सुरज बस्नेतको किल्निकमा पु¥याएर उपचार गरेका थिए ।
‘उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन ।’ पिडित बालकका आमा कोशिला देविले भनिन् ।
कोशिला देविलाई समेत घरमा आएर युवाहरूले अभद्र व्यवहार गरेको उनले आरोप लगाएकी छिन् । घरमा आएर तथानाम गाली गरेको र घरको वरपर आक्रोश पोख्दै लात्ती बजारेको कोसिला देविले बताइन ।
पिडित बालकका बुबा भोला महतो बर्दिबास स्थित एक बेकरीमा काम गर्छन् । आफ्नो छोरालाई निर्घात कुटपिट गर्ने युवाहरूलाई कडा कारबाही र क्षतिपूर्ति तथा न्याय दिलाई दिन इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साह र संचारकर्मीहरू संग पिडित परिवारले आग्रह गरेको छ ।
माघ २४ गते प्रहरी चौकी हात्तिलेटमा ३ सय दस्तुर तिरेर निवेदन दिएतापनि प्रहरीले त्यस्को खासै वास्ता नगरेको पीडित परिवारको आरोप रहेको छ भने हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको बिषयमा जानकारी भएतापनी पिडितहरू नै जाहेरी दिन नआएको बताएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासले पनि घटनाको बिषयमा अनभिज्ञता जनाएको छ ।
इलाका हेर्ने प्रहरी नायव उपरिक्षक रवि रावलको सरुवा भएको हुनाले नया इन्चार्ज विजय यादव आएका छन् । यादव नयाँ आएको बताउँदै घटनाको बिषयमा छानबिन गरि दोषीहरूलाई कानुनी दायरामा ल्याउने.बताउनुभयो ।
प्रहरी उपरिक्षक प्रकाश मल्लले पनि घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने बताउनुभयो । चोरी गरेको नै भएतापनि त्यस्का कानुनी पाटाहरु हुदाहुदै कानुन हातमा लिएर कसैलाइ कुटपिट गर्न नहुने प्रहरी उपरिक्षक मल्लको भनाई रहेको छ।
अजयकुमार साह
सम्बन्धित समाचारहरू
डेङ्गी सङ्क्रमित बढे, जिल्ला अस्पतालमा वेड अभाव
डेङ्गी सङ्क्रमित बढेपछि जिल्ला अस्पतालमा वेड अभाव भएको छ । डेङ्गी सङ्क्रमितको सङ्ख्या १ हजार ३ सय भन्दा बढी भएपछि ३७ ओटा वेड क्षमता भएको अस्पतालमा वेड अभाव भएको अस्पताल…
कानुनी प्रक्रियामा जानका लागि हिंसा पीडित महिलालाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी सुर्खेतको बराहाताल गाउँपालिका –२ रानीघाट घर भइ हाल वीरेन्द्रनगर नगरपालिका – ३ मा बस्दै आएकी २५ वर्षीया भोजकुमारी खड्कालाई असोज १५ गते…
बलात्कार गरेको कसूरमा तीन वर्ष कैदको फैसला
४० वर्षीया महिलालाई बलात्कार गरेको कसूरमा बर्दगोरिया गाउँपालिका–१ बौनियाका ३५ वर्षीय चक्र ओडलाई ०८० असोज १४ गते तीन वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश ओमप्रसाद…
जिल्ला अस्पतालमा औषधिको अभाव : बिरामीलाई समस्या
जिल्ला अस्पतालमा एक सातोदेखि अत्यावश्यक औषधिको अभाव देखिएको छ । अस्पतालमा औषधि अभाव हुँदा बिरामीलाई समस्या भएको छ । नियमित रुपमा खरिद गर्नु पर्ने औषधि खरिद नहुँदा अस्पतालमा औषधिको अभाव…
पहुँचयुक्त विद्यालयमा पदस्थापनकाे माग गर्दै दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका आमरण अनसनमा
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै पोखरा महानगरपालिका– १३ भलाम निवासी ३८ वर्षीया दृष्टिविहिन अपाङ्गता भएकी शिक्षिका शोभा पौडेल २०८० असोज १४ गते देखि गण्डकी प्रदेश…