एक दशक पुग्न लाग्दा पनि भुकम्प पीडितले अझै राहत पाएनन्
नेपालमा गएको महाभुकम्पको झण्डै एक दशक पुग्न लाग्दा पनि स्याङ्जा गल्याङ नगरपालिका–१० पकवादीका १३ घरपरिवारले रातो कार्ड पाएपनि अझै राहत नपाएको गुनासो गरेका छन् ।
२०७२ साल वैशाख १२ गते गएको भुकम्पबाट क्षति भएका पकवादीका अझै १३ घर परिवारले रातो कार्ड पाएपनि उनीहरुले अहिलेसम्म राहत नपाएको गुनासो गरका हुन् । महाभुकम्पले स्याङ्जाका अधिकांश ठाउँमा क्षति पुर्याएको थियो । तेस्तै गल्याङको पकवादी गाउँमा पनि भुकम्पले ठूलो क्षति पुर्याएको थियो । पकवादी गाउँ सिद्धार्थ राजमार्गको करादीदेखि सात किलोमिटरको दुरीमा पर्छ । सरकारले भुकम्पबाट क्षति भएका घरको वर्गीकरण समेत गरेको थियो । भुकम्प पश्चात् जिल्लामा धेरै घर पुनर्निर्माण भए ।
पीडितले संरचना निर्माणको अवस्था अनुसार पाउनुपर्ने सबै किस्ता पाइसकेको तथ्याङ्कमा देखिएपनि पकवादीका १३ घर परिवारले भने अझै राहत नपाएको भुकम्प पीडित उदय सार्कीले बताउनुभयो । उहाँहरुले भुकम्प प्रभावितहरुले पाउनुपर्ने रातो कार्ड प्राप्त गरेतापनि घर निर्माणको लागि पाउनुपर्ने रकम नपाउँदा अहिलेसम्म आवास निर्माण गर्न नसकेकाले बस्ने स्थायी घर समेत नभएको उहाँले बताउनुभयो ।
स्थानीय तुलसीराम खनाल र सेरु खनालको पनि दुखेसो उस्तै छ । भुकम्पका नाममा आएको अनुदान सहयोग प्रभावकारी ढंगबाट वितरण गर्न नसक्दा वास्तविक पीडितले राहत पाउनबाट वञ्चित भएको उहाँहरुको गुनासो छ ।
गल्याङ–१० का वडाध्यक्ष मुक्तिराम खनालले स्थानीय स्तरबाट रातो कार्ड पाएकाहरुले राहत नपाएको कुरा स्वाीकार गर्नुभयो । उहाँले समस्या पहिचान गरेर समाधानका लागि वडा कार्यालयले पहल गर्ने बताउनुभयो ।
समिक्षा ढकाल
सम्बन्धित समाचारहरू
जिल्लामा बालविवाह कायमै हुँदा किशोरीहरूको स्वास्थ्यमा जोखिम
जिल्लामा बालविवाह कायमै हुँदा युवती तथा किशोरीहरूको स्वास्थ्यमा जोखिम हुँदै गएको छ । जिल्लामा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गर्न नमिल्ने कानुनी प्रावधान भए पनि मुगुमा बालविवाह कायमै रहेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका-४ का ३७ वर्षीय श्याम कुमार महरा चमारलाई ०८१ भदौ १८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ । आरोपित महराले…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लालबन्दी नगरपालिका-१६ का २८ वर्षीय दिलबहादुर घलानविरुद्ध पीडित पक्षले ०८१ भदौ १७ गते इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिनुभएको छ । घरमा कोही नभएको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको…
बलात्कार घटनाका फरार आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–२ का लक्ष्मीकान्त पनेरूलाई ०८१ भदौ २० गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० चैत १२ गते बलात्कार गरी फरार…