एक जना युवतीको घाँटी रेटेर हत्या, एक जना घाइते
पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको अवस्थामा मङ्सिर १४ गते शव फेला परेको छ ।
माया लुहार र सोही ठाउँकी १५ वर्षीया नेहा लुहार मङ्सिर १३ गते कपडा सिलाउन पञ्चेश्वर गाउँपालिका–३ स्थित कुलाउँ गएको भएपनि घर नफर्केपछि खोजी कार्य गर्दै जाँदा माया लुहारको घाँटी रेटेर शिवनाथ गाउँपालिकामा पर्ने शिवनाथ मन्दिरस्थित नेपाल टेलीकम टावर नजिक शव फेला परेको र नेहा लुहारको घाँटी रेटिएको अवस्थामा घाइते फेला परेको पञ्चेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष जनक चन्दले बताउनु भयो ।
हालै सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माया लुहार म्यादी प्रहरी समेत रहनु भएको र घाँटी रेटेर घाइते हुनु भएकी नेहाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष चन्दले बताउनु भयो ।
घाइते अवस्थामा भेटिएकी नेहाले कागजमा लेखेर मायाको शव भएको ठाउँका बारेमा जानकारी दिएपछि स्थानीयले हत्या गरी फालिएको अवस्था मायाको शव भेटाएका थिए ।
शवको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकराज जोशीले बताउनु भयो ।
घाइते नेहाले जानकारी गराए अनुसार पञ्चेश्वर गाउँपालिका–१ स्थित नेपाल भारत सीमानाका रोलघाटमा ड्युटिमा रहेका सशस्त्र प्रहरीका जवानले मायाको हत्या गरेको आशंका स्थानीयको छ ।
केही दिन अगाडीदेखि सशस्त्र प्रहरीका जवान र माया बीच कुराकानी हुने गरेको घाइते नेहाले बताएको वडा अध्यक्ष चन्दको भनाइ छ ।
घटनाको अनुसन्धान भइरहेकोले हत्या कस्ले गरेको अहिले नै एकीन हुन नसकेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जोशीले बताउनु भयो ।
नरी बडु
सम्बन्धित समाचारहरू
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्यो कुहिएको चामल : स्थानीय मर्कामा
नाम्खा गाउँपालिका–५ मुचुमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले असोज ५ गते कुहिएको चामल बिक्री गरेको स्थानीय सम्बा रिन्जिन तामाङले आरोप लगाउनुभयो । दुई हप्ता अगाडि मात्रै काठमाडौंबाट केरुङ नाका…
चिकित्सक कुटपिट घटनामा इन्सेक सहित अधिकारकर्मीद्वारा अनुगमन
मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्युलाई लिएर डाक्टरलाई कुटपिट तथा अस्पतालमा तोडफोड गरेको विषयलाई लिएर इन्सेक प्रदेश गण्डकी प्रदेश कार्यालयका टिम र अधिकारकर्मीको टोलीले असोज ९ गते घटनाका विषयमा अनुगमन गरेको…