एक्स-रे मेशिन जडान नहुदाँ स्वास्थ्य सेवा प्रभावित
शिलिचोङ गाउँपालिका-१ सिसुवाखोलाकी राममाया कार्की जेठ २७ गते लडेर घाइते भए पश्चात एक्सरे गराउन प्राथमिक स्वस्थ्य चौकी ताम्कु पुगिन् । तर, त्यहाँ ७ महिना अघि पुर्याएको एक्सरे मेशिन जडान नहुँदा दुई दिन पैदल हिँडेर सदरमुकाम आउन कार्की बाध्य भइन् ।
राममाया जस्तै लडेर शिलिचोङ गाउँपालिका-४ माङ्तेवाका शिवबहादुर कलुङ पनि घाइते भए । उनको गोडामा चोट लाग्यो । एक्सरे गर्न दुई दिन हिँडेर सदरमुकाममा रहेको जिल्ला अस्पताल आए ।
राममाया र शिवबहादुर उदारहण मात्रै हुन् । एक्सरे गर्नको लागि प्राथमिक स्वास्थ्य चौकी पुगेर एक्सरे सेवा नपाएपछि जिल्ला अस्पताल जान बाध्य हुने धेरै छन् । तर, प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिन नभएर सदरमुकाम धाउनु परेको भने होइन ।
स्वास्थ्य केन्द्रमा ल्याइएको मेशिन जडान नहुँदा स्थानीय सामान्य एक्सरेको लागि सदरमुकाम लगायत जिल्ला बाहिरका अस्पताल धाउन बाध्य छन् ।
ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा गत कात्तिकमा ल्याइएको मेशिन जडान गर्ने प्राविधिक अझै नआएकाले स्वास्थ्य सेवा प्रभावित भएको हो । स्वास्थ्य विभागबाट प्राप्त भएको मेशिन सबै प्रकृया पुरा गरेर महिनौँ अघि ल्याइए पनि जडानको जिम्मा लिएको ओम सर्जिकल सप्लायर्सले अझै प्राविधिक नपठाएपछि कोठामा थन्क्याएर राख्नु परेको स्वास्थ्य केन्द्रका इञ्चार्ज दिपेश कुलुङले बताए ।
मेशिन ल्याइसकेपछि तत्काल प्राविधिक पठाउने भनिए पनि अझै नआएको कुलुङको भनाई छ । जडानको लागि पटकपटक फोन सम्पर्क गर्दा पनि हप्ता दिनपछि प्राविधिक पठाउने भन्दै आलटाल गरिरहेको कुलुङले दुखेसो पोखे ।
'मैले धेरै पटक फोन गरेँ तर अझै उनीहरूले प्राविधिक पठाएनन् । अर्को हप्ता भन्दै समय सार्ने काम मात्र भइरहेको छ ।'-कुलुङले भने ।
आफ्नो गाँउ नजिकको स्वास्थ्य संस्थामा उपलब्ध भएको सुविधा नपाएपछि सामान्य उपचारका लागि दुई दिन पैदल हिँडेर सदरमुकाम धाउनु परेको स्थानीय ध्यान कुलुङ लामाले गुनासो गरे ।
उनले भने-"सामग्री नै नभएको भए त चित्त बुझ्थ्यो । सामग्री हुदाँहुदै पनि सेवा नपाउनु जनताको स्वास्थ्य माथि खेलवाड हो ।" हाल जिल्ला अस्पताल खाँदबारी, प्राथमिक स्वास्थ्य चौकी चैनपुर र केही निजी क्लिनिकहरूमा मात्रै एक्सरे मेशिन सञ्चालनमा रहेको छ ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…