एकै परिवारका चार जनाको हत्या घटनाका आरोपित गिरफ्तार

छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका गाउँको एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा प्रहरीले छायानाथ रारा नगरपालिका–७ पिना गाउँ घर भइ हाल बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी का ३१ वर्षीय गोर्खराज शाहीलाई कात्तिक २० गते सुर्खेतबाट र छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका ३१ वर्षीय गोपालबहादुरलाई कात्तिक २१ गते मुगुबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाकका अनुसार छायाँनाथ रारा नगरपालिका–६ मुन्दुका गाउँको २८ वर्षीया श्रीदेवी बोहरा, ११ छोरा वर्षीय मनोज बोहोरा, छोरी ७ वर्षीयाा अप्सरा बोहोरा र ५ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको  थियाे ।

शवको पोष्टमार्टम कात्तिक १६ गते जिल्ला अस्पतालमा भएको थियो ।

मृतकका पतिले भिसा नमिलाइ दिएको कारणले रिसको बदला लिने र लुटपाट गर्ने योजना अनुसार हत्या गरेको आरोपितले बयान दिएका छन् ।

घटना थप अनुसन्धान भइरहेको र अरु आरोपितहरुको खोजिभइरहेको डिएसपी थापाले बताउनुभयो ।


सर्जन कुमार शाही