एकीकृत समाजवादी उम्मेदवार नेपाललाई कारवाही गर्न पत्राचार
एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार माधव कुमार नेपाललाई निर्वाचन आचार संहिता विपरित कार्य गरेको भनि निर्वाचन कार्यालयले ०७९ कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयलाई कारवाही गर्न पत्राचार गरेको छ ।
नेपालले आफूले चुनाव जिते देश बाहिर युवालाई रोजगारीको अवसर दिने आश्वासन बाडेको भन्ने विषयको समाचार प्रकाशन भएको र उहाँले “बिना ढेउवा के भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौँमे तालिम मिल्ते हे” भनि सार्वजनिक वक्तव्य दिएको श्रव्यदृश्य सामाग्री सामाजिक संजालमा सार्वजनिक भएको र सामाजिक संजालमार्फत सार्वजनिक भएको सो श्रव्यदृश्य सामाग्रीका विषयमा आयोगबाट गठित सामाजिक संजाल अनुुगमन टोलीबाट अध्ययन तथा परीक्षण गर्दा निजको होइन भनी भन्न सकिने कुनै आधार कारण नदेखिएकोले उक्त विषयप्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको आयोगको सूचनामा उल्लेख छ ।
निज माधवकुमार नेपालबाट निर्वाचनको सम्मुखमा युवाहरुलाई विदेश पठाउने भनि सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकोले सो सम्बन्धमा निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारवाही प्रक्रिया अगाडि बढाउन अनुरोध सहित जिल्ला प्रहरी कार्यालय रौतहटलाई सहायक न्यायाधिवक्ता प्रकाश घिमिरेले पत्र पठाउनु भएको हो ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी सुनिल मल्लसँग कुराकानी गर्दा सो पत्र हालसम्म नपाएको र भोलि जानकारी होला भन्ने अभिव्यक्ति दिनु भयो ।
कोपिला तिमल्सिना
सम्बन्धित समाचारहरू
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…
बालिका हत्याको कसुरदारलाई जन्मकैदको फैसला
बर्दिवास नगरपालिका १४ सुगमवस्तीका सादिम आलमको ६ वर्षीया छोरी गुलबसा खातुनलाई ०७७ साल मङ्सिर ७ गते हत्या गरेको कसुरमा जिल्ला अदालत महोत्तरीले सोही ठाउँका २६ वर्षीय अरुण कुमार सहलाई माघ…
नाबालक छोरी हत्याको आरोपमा आमालाई जन्मकैदको फैसला
तीन वर्षीया नाबालक छोरीलाई बिष खुवाई हत्या गरेको कसूरमा दैलेख जिल्ला अदालतले माघ २४ गते आमालाई जन्मकैद फैसला गरेको छ । दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका–१२ रतनपुर विवाह भएकी २२ वर्षीया…