एकसातदेखि माथिल्लो त्रिशूली जलविद्युत आयोजनाका मजदुर आन्दोलनमा
उत्तरगया गाउँपालिका-१ मैलुङ्गमा रहेको माथिल्लो त्रिशूली जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरेको विरोधमा मजदुरहरू भदौ २७ गतेदेखि आन्दोलनमा छन् ।
यस अघिदेखि मजदुरले पाउँदै आएको सेवा सुविधा श्रम ऐन २०७४ ले तोकेको भन्दा बढी दिएको भन्दै आयोजनाले २ सय ४२ जना मजदुरको तलब सुविधामा कटौती गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रेका हुन् ।
यहाँ कार्यरत मजदुरहरुले पाउँदै आएको तलबमा कटौती गरेको भन्दै मजदुरहरुले आन्दोलन थालेको जिल्ला प्रहरी कार्यालयका डिएपी केशव भट्टराइले बताउनु भयो ।
नौ दिनदेखि शन्तिपूर्ण आन्दोलनमा रहेका मजदुरहरुको माग नसुनेपछि आन्दोलनकारीले कार्यालय तोडफोड गरेका छन् । मजदुर आन्दोलनबाट कार्यालयमा सामान्य क्षति भएको कन्ट्याक्टर कम्पनी दुसानका अधिकृत उज्जल आचार्यले बताउनु भयो ।
जिल्ला स्थित सुरक्षा निकायका प्रमुख तथा सर्वपक्षीय बैठक गरी सहमतिको प्रयास भइरहेको आचार्यले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा यशोधरा गाउँपालिका–७, मर्यादपुरका ४९ वर्षीय सञ्जु पासीलाई प्रहरीले ०८१ माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई बालिकालाई आरोपितले माघ १७ गते यौन…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दैलेख ढुङ्गेश्वर गााउँपालिका–६, सानो ओइरी घरभइ हाल बाँके जिल्लाको बैजनाथ गाउँपालिका–३, बैरहवाका २२ वर्षीय विमल हिरोजग विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ माघ २३ गते…
विद्यार्थी कुटपिट गर्नेमाथि कारबाहीको माग
लुम्बिनी प्रदेशसभा सदस्य सिके गुप्ताले नवलपरासी प्रतापपुर गाउँपालिका–१ का ६ वर्षीय बालकलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही गर्न लुम्बिनी प्रदेश सरकारसँग माग गर्नुभएको छ । लुम्बिनी प्रदेशसभाको माघ २२ गते पाँचौँ…
थाइरोड जाँच गर्ने उपकरण बिग्रदा सेवाग्राहीहरू मर्कामा
सिरहा जिल्लाको एक मात्र सरकारी अस्पताल लहानमा अवस्थित रामकुमार सारदा उमा प्रसाद मुरारका अस्पतालमा एक हफ्ता देखि थाइरोड जाँच गर्ने उपकरण बिग्रिएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा दैनिक…
अपरिचित व्यक्तिहरूको समूहबाट पत्रकारमाथि कुटपिट
पत्रकार कमलबहादुर बोहरामाथि चार-पाँच जना अपरिचित व्यक्तिहरूको समूहले कुटपिट गरेको पीडित पत्रकारले आरोप लगाउनु भएको छ । बोहरा पालिका समय डटकमको अध्यक्ष तथा कार्यकारी सम्पादकसमेत हुनुहुन्छ । माघ २१ गते…