एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा पीडितको पहुँच बढ्दै
लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ( ओसिएमसी )मा पीडितको पहुँच बढ्दै गएको छ ।
२०७४ देखि सुरूभएको अस्पतालमा आधारित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले पछिल्लो समयमा लैगिंक तथा यौन हिंसाका पीडितहरूलाई स्वास्थ्यमा पहुँच पुरयाउदै आएको छ ।
बुटवलको विद्यालयमा एक कक्षामा पढदै गरेकी ६ वर्षीया बालिका नातेदारबाट ०७९ साउन २२ गते यौन हिंसामा पर्नु भयो । बालिकाका अभिभावकले न्यायका लागि इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिए । पीडितको ओसिएमसी मार्फत चार दिन भर्ना गरेर उपचार भयो ।
उहाँ मात्र नभएर गैडहवा गाउँपालिकाकी १३ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिका पनि यौन हिंसाबाट पीडित हुनु भयो । उहाँले पनि ओसीएमसी मार्फत निशुल्क सेवा लिनु भयो ।
यी दुई घटना प्रतिनिधि मूलक घटना मात्र हुन यस्ता खालका विभिन्न घटनामा यौन हिंसा भोगेर ओसिएमसी मार्फत निशुल्क रुपमा सेवा लिएका छन् ।
बुटवल देवीनगरकी बसन्ती क्षेत्रीले पहिला भन्दा अहिले ओसिएमसी सेवामा धेरै सुधार भएको बताउनु भयो । अझै सुधार गर्नुपर्ने धेरै कुराहरु रहेको उहाँले बताउनु भयो ।
एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ( ओसिएमसी )ले े लैगिंक हिंसाबाट प्रभावित महिला, बालबालिका तथा पुरुषहरूलाई एकिकृत रुपमा विना भेदभाव गुणस्तरीय स्वास्थ्य सेवा, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवाको साथै आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पूर्नरस्थापना, जीविकोपार्जन तथा कानुनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले देशमा तोकिएका जिल्लाका केन्द्र, प्रदेश वा जिल्ला अस्पतालहरुमा स्थापना गरिएको छ ।
ओसिएमसी सेवाका लागि बलात्कार, यौनजन्य दुर्व्यवहार, शारिरीक दुर्व्यवहार, बालविवाह, स्रोत साधन र अधिकारबाट वञ्चित, मानसिक दुर्व्यवहार, परम्पराका आधारमा गरिने भेदभावबाट पीडित भएका व्यक्तिहरु सेवा लिन आउने गर्दछन् ।
ओसिएमसीले सेवा चौबिसै घण्टा निशुल्क स्वास्थ्य सेवा, खाना, छाना र नाना सहितको आधारभूत सेवा उपलब्ध गराउँदै आएको छ । सेवा केन्द्रमा आएका घटनाहरुको विश्लेषण गर्दा आर्थिक वर्ष ०७६÷०७७ मा जम्मा ५५ जनाले सेवा लिएको जसमध्ये १५ देखी १८ वर्ष उमेर समुहका संख्या ७ जना, १९ वर्षदेखि ४९ वर्ष उमेर समूहका ४६ जना र ६० वर्ष माथिका २ जना गरी जम्मा ५५ जनाले सेवा लिएका थिए ।
त्यस्तै आर्थिक वर्ष ०७७÷७८ मा १४ वर्ष मुनीका ३१ जना, १५ वर्षदेखि १८ वर्षसम्मका ६९ जना, १९ वर्षदेखि ४९ वर्षसम्मका १ सय ४० जना, ५० वर्षदेखि ६० वर्षसम्मका ११ जना र ६० वर्षमाथि उमेर समुहका ८ जना गरी जम्मा २ सय ५८ जना रहेका छन् ।
सेवा केन्द्रमा आर्थिक वर्ष ०७८÷०७९ मा १४ वर्ष मुनीका ७१ जना,१५ देखि १८ वर्षका ८५ जना,१९ वर्षदेखि ५९ वर्षका ३ सय २९ जना, ६० वर्षमाथिका १० जना गरी ४ सय ९५ जनाले सेवा लिएका छन् । त्यस्तै ०७९÷८० को १४ वर्ष मुनी १८ जना, १५ देखी १८ जना ५२ जना, १९ देखि ४९ १ सय ३४ जना, ५० देखि ६० २ जना र ६० वर्ष माथिका २ जना गरी जम्मा २ सय ८ जनाले सेवा लिएको ओसिएमसी फोकल पर्सन कान्ति पाण्डेले बताउनु भयो ।
ओसिएमसीमा कार्यरत स्टाफनर्स दिप्ती थापाले ओसिएमसी सेवालाई प्रभावकारी बनाउनका लागि पीडितलाई न्यायमा पहुँच पुरयाउनका विभिन्न प्रयासहरु गरीरहेको बताउनु भयो ।
पीडितहरुको मानसिक स्वास्थ्यलाई सन्तुलन गराउने गरी काम गरेकाले विगतको वर्षको तुलनामा हिंसा पीडित सेवा लिनेको संख्या बढेको बताउनु भयो ।
रीमा बिसी
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…