एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा इन्सेक प्रतिनिधि
राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र जिल्ला समन्वय समितिमा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल छानिएका छन् ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालयको अध्यक्षतामा सम्पन्न बैठकले लैङ्गिक हिंसाका न्यूनीकरणका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक प्रतिनिधि पोखरेललाई पुस ३ गते छनौट गरिएको समितिका सदस्य अनीता देवकोटाले बताइन् ।
लैङगिक हिंसाबाट प्रभावितहरूमा पर्ने शारीरिक, यौनजन्य तथा मनोवैज्ञानिक असरको एकीकृत र प्रभावकारी उपचार गर्न अस्पतालमा ०६९ जेठ १९ गतेदेखि उक्त केन्द्र सञ्चालनमा आएको हो ।
सरकारले पहिलो चरणमा सेवा केन्द्र रहेको सप्तरी जिल्लासहित सुनसरी, सर्लाही, मकवानपुर, दाङ, जुम्ला, कञ्चनपुर, बाग्लुङ, पाँचथर, सोलुखुम्बु, तनहुँ, नवलपरासी, काभ्रेपलाञ्चोक, बर्दिया र डोटी जिल्लामा परीक्षणका रूपमा एकसाथ कार्यक्रम लागु गरेको थियो ।
लैङ्गिक हिंसा, घरेलु हिंसा, यौनजन्य हिंसा प्रभावितहरूलाई केन्द्रले स्वास्थ्योपचार, औषधिउपचार, कानुनी परामर्श, कानुनी उपचार, मनोसामाजिक परामर्श दिँदै आएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…