एउटै विद्यालयका ५७ जना विद्यार्थीमा देखियो ठेउला रोग
उत्तरी नाम्खा गाउँपालिका–४ याल्वाङ गाउँको महाबौद्ध माध्यमिक विद्यालयको छात्रवासमा बस्दै आएका विद्यार्थीलाई ठेउला रोगको लक्षणसँग मिल्ने समस्या देखिएको छ ।
स्वास्थ्य सेवा कार्यालय, हुम्लाका प्रमुख प्रेमबहादुुर सिंहका अनुुसार एक जना विद्यार्थीमा देखिएको आशंका गरिएको ठेउला रोग हाल ५७ जना विद्यार्थीमा सरेको छ । विद्यार्थीमा लागेको रोगको लक्षण पुरै ठेउलासँग मिल्दोजुल्दो रहेको र छात्रबास भरिनै विद्यार्थी विरामी भएको स्वास्थ्य सेवा प्रमुख सिंहले जानकारी दिनु भएको छ ।
ठेउला रोग सरेका विद्यार्थीमा अनुुहार, शरीर र पाखुुराभरी ठेउलाजस्तै फोका आएको छात्रबासका संचालक कुमार लामाले बताउनु भयो । उहाँले भन्नु भयो रोग पत्ता लगाउनका लागि सदरमुकाम सिमकोटको जिल्ला अस्पतालबाट डक्टरको टोली माग गरिएको छ ।
जेठ अन्तिम हप्तादेखि देखा परेको सो रोग चेकजाँचका लागि गाउँपालिका केन्द्र यालवाङमा रहेको स्वास्थ्य चौकीमा कुनै स्रोत साधन नरहेका कारण जिल्ला अस्पतालबाटै स्वास्थ्यकर्मी आउनु पर्ने गुनासो लामाले गर्नु भयो ।
बिरामी विद्यार्थीको शरीरमा देखिएको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना सङ्कलन गर्न केही दिन भित्रै डक्टरको टोली विद्यालय जाने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताउनु भयो ।
चिकित्सकबाट परीक्षण गरेपछि त्यसको आधिकारिक पुष्टि हुने भन्दै उहाँले बिरामी विद्यार्थीलाई एकै ठाउँमा राखिएको प्रमुख सिंहले जानकारी दिनु भयो ।
यसको जानकारी विश्व स्वास्थ्य सङ्गठन र रोग नियन्त्रण महाशाखा सुर्खेतलाई गरिसकिएको प्रमुख सिंहले बताउनु भयो ।
अस्पतालकी वरिष्ठ अनमी सरिता बोहराले यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर देखिएको बताउनु भयो । नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले चिकित्सकबाट ठेउला रोग भन्ने पुष्टि भएपछि विद्यालय समेत बन्द गर्ने पक्षमा गाउँपालिका रहेको जनकारी दिनु भयो ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…