ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार
चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि रक्तश्राव भएपछि जेठ ७ गते जिल्ला अस्पताल हुम्लामा माउण्टेन हेलिकप्टरद्धारा उद्धार गरिएको विरामीका आफन्त सिङ्ग तामाङ्गले जानकारी दिनु भएको छ ।
सोही दिन बच्चा जन्माए लगतै तुलाको अवस्था गम्भिर भएको आफन्त सिङ्ग तामाङ्गले बताउनु भयो । तीन दिन अघिदेखि सुत्केरी भएकी तुला अत्याधिक रक्तश्रावका कारण स्वास्थ्य अवस्था कमजोर भएको सिङ्ग तामाङ्गले जानकारी दिनु भएको छ ।
बिरामीको शरीर सुन्निएर श्वास प्रश्वासमा समस्या भएको र गाउँमा प्रभावकारी स्वास्थ्य उपचार नभएपछि १ लाख ३५ हजार रुपियाँ हेलिकप्टर भाडा तिरेर सदरमुकाम सिमकोट ल्याएको आफन्त तामाङ्गले गुनासो गर्नु भएको छ । ऋण सापट मागेर बिरामीको हेलिकप्टरबाट उद्वार गरेको तामाङको भनाई छ ।
हुम्ला जिल्ला हालसम्म पनि सडक सञ्जालसँग नजोडिएपछि विकट ठाउँका नागरिकले समस्या झेल्नु परेको छ । गाउँमा रहेका स्वास्थ्य संस्था भरपर्दो नभएपछि सदरमुकाम सिमकोट पु¥याउनु पर्ने बाध्यता अझै कायम रहेको आफन्त तामाङ्गले दुखेसो पोख्नु भएको छ ।
आफूसँग आर्थिक समस्या भएको अवस्थामा बिरामी परेपछि आफन्तसँग ऋण मागेर सदरमुकाममा रहेको जिल्ला अस्पातालमा पु¥याउनु परेको आफन्तले दुखेसो पोखेका छन् । बिरामी तामाङ्गको जिल्ला अस्पातालमा भर्ना गरेर उपचार भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले जानकारी दिनु भएको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
बुढीगंगा नगरपालिकामा निर्वाचन सम्पन्न, ६६.८३ प्रतिशत मत खस्यो !
गत वैशाख ३० गते स्थगित गरिएको बुढिगंगा नगरपालिको निर्वाचन कडा सुरक्षाकाबिच असार २३ गते सम्पन्न भएको छ । विहान ७ बजेदेखिे नगरपालिकाका १० ओटा वडामा सुरु भएकोे मतदान कार्य निर्धारित…
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…