उम्मेदवार तथा दलहरूद्वारा आचारसंहिता उल्लङ्घन

बारा क्षेत्र नं २ मा वैशाख १० गते हुने उपनिर्वाचनको प्रचार प्रसारमा राजनितिक दल र उम्मेदवारहरूले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेका छन् ।

वैशाख ६ गते महागढीमाई नगरपालिका–१ बरियारपुरमा सत्ता गठवन्धनको चुनावि सभा गर्नकालागि मञ्च तयारी भएकोमा पाँच दलका झण्डा, व्यानर, तुल, छाता छापका स्टिकर आचारसंहिता विपरीत सजाइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काङ्गेसका सभापति शेरवाहादुर देउवा, नेकपा एसका माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुरले जनता समाजवादी पार्टीका अध्यक्ष र बारा क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवलाई भोट माग्न बनाएको चुनावी सभामा आचारसंहिता उल्लङ्घन गरीएको छ ।

1681483863628

उपनिर्वाचनमा आचारसंहिताको अनुगम गर्ने योजना बनाएको बताएपनि वैशाख ६ गते सम्म बैठक नबसेको निर्वाचन अनुगमन समितिका सदस्य सचिव कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख हरिकृष्ण बरालले बताउनुभयो । चुनाव प्रचारमा डिजेबाजा बजाएको विषयमा अनुगमन गरि कारबाही गर्ने बरालले बताउनुभयो ।

1680524591579 1

मठ, मन्दिर, बजार, मुख्य सडक, चौक, चौतारा, विद्यालय, स्वास्थ्य संस्था र व्याक्तिगत घरका पर्खालमा अनुमति बिना आचारसंहिता विपरीत पोस्टर, पर्चाहरू, तुल व्यानर, झण्डा टासेका छन् । एक उम्मेदवारले पचास ओटा सवारी साधन चलाएर सवारी साधनको दुरुपयोग गरेका छन् । पाँच दलका नेताले धेरै सवारी साधनको प्रयोग गरी आचारसंहिता उल्लङ्घन गरेका छन् । सत्ता गठवन्धनका उम्मेदवारले वैशाख ६ गते चुनावी सभामा बालबालिकालाई गित गाउन लगाएर आचार संहिताको वेवास्ता गरेका छन् ।


भोलानाथ पौडेल