उम्मेदवार कुँवर चढ्ने गाडीमा आगजनी प्रयासको आरोपमा रोका गिरफ्तार
नेकपा एमालेका तर्फबाट पर्वतमा प्रदेश सभा १ का उम्मेदवार भक्त कुँवर चढ्ने गाडीमा आगजनीको प्रयास भएको छ । आगजानीको प्रयास गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका १ बाँसखर्कका नरबहादुर रोकालाई कार्तिक २३ गते राती नै गिरफ्तार गरेको छ ।
रोका लगायत अन्य तीन जना व्यक्तिहरूबाट कुँवरले प्रयोग गरेको ग १ ज ७६९९ नम्वरको जीपमा कार्तिक २३ गते राति आगजनीको प्रयास भएको थियो । चुनावी अभियान सकेर बेलुका बास बसेको घरमा ढुँगामुडा सहित आगजनीको प्रयास भएको उम्मेदवार कुँवरले जानकारी दिनुभयो । उहाँले जनताको घरमा नै बास बसिरहेको बेलामा केहि युवाहरूले ज्यान लिने नियतका साथ सवारी साधनमा आगजनी गर्ने र आफूहरू माथि सांघातिक आक्रमणको प्रयास भएको बताउनुभयो ।
उम्मेदवार कुँवरले प्रयोग गर्ने गाडीमा डिजेल छर्केर आगो लगाउने प्रयास भएको थियो । डिजेल जल्न समय लागेका कारण ठूलो क्षति नभएता पनि गाडीका विभिन्न भागमा आगोका कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताउनुभयो । टायर, लाइट र ढोकाहरूमा आगोले क्षति पुर्याएको छ । गाडीको टायरमा आगो लाग्दै गर्दा आगोलाई नियन्त्रणमा लिएको उम्मेदवार कुँवरले बताउनुभयो ।
आगजनीमा संलग्न अन्य दुई जना युवाहरू भने फरार रहेको डिएसपी न्यौपानेले बताउनुभयो । घटनामा संलग्न युवाहरूको खोजी भईरहेको बताउँदै नियन्त्रणमा रहेका रोकालाई मुलुकी ऐन फौजदारी संहिताको अपराधिक उपध्रो मुद्धामा कारबाही गर्न माग गर्ने गरी म्याद थप गरिएको पनि न्यौपानेले बताउनुभयो । उम्मेदवार माथि आक्रमणको प्रयास भएपछि पर्वत जिल्लाको सुरक्षा प्रशासनमा चुनौति थपिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले घटनाले सुरक्षाका सवालमा थप सचेत बनाएको बताउँदै निर्वाचनमा उम्मेदवार बनेका सवै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आफ्नो निर्वाचन कार्यक्रमको यथार्थ विवरण प्रशासन कार्यालयमा उपलब्ध गराउन पत्राचार गरिएको बताउनुभयो । उहाँले फरार रहेका आरोपितहरूको तिव्र रुपमा खोजी भइरहेको बताउनुभयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बालिका बेचबिखन र ओसारपसार कसुरमा आठ वर्ष कैद
१३ र १४ वर्षीया बालिकाहरूलाई बिक्रीगर्ने उद्देश्यले भारत लगेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनियाका १६ वर्षीय बालकलाई ०७९ चैत १० गते ८ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश…
अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
धनगढी उपमहानगरपालिका—२ स्थित एसपीए कलेजका प्रमुख योगराज गौतमलाई मोसो दली दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थीसँग आवद्ध कार्यकर्ता हितेशविक्रम चन्द, मनिस कुँवर गरी तीन जनालाई चैत १० गते गिरफ्तार गरेको…
दाइजो तथा घरेलु हिंसा घटनाका आरोपित धरौटीमा रिहा
दाइजो तथा घरेलु हिंसा घटनाको आरोपमा थुनामा रहेका महोत्तरीको रामगोपालपुर नगरपालिका–५ बस्ने ३४ वर्षीया डा. पंकज चौधरीलाई ३ लाख धरौटीमा रिहा गर्न चैत ९ गते आदेश जारी गरेको छ ।…
शुद्ध खानेपानीबाट स्थानीय वञ्चित
गन्यापधुरा गाउँपालिका–३ छिप्पलाका स्थानीयहरु वर्षौदेखि शुद्ध खानेपानीबाट वञ्चित हुदै आएका छन् । विगत वर्षदेखि छिप्पला गाउँका स्थानीयहरुले शुद्ध खानेपानी नपाउँदा खोलाको दुसिद पानी पिउनु पर्ने बाध्यता रहेको स्थानीय केशव रावलले…
विद्युत सेवा पाउन नसक्दा स्थानीयलाई सास्ती
जिल्लाका अधिकांश गाउँहरुमा विद्युत सेवा सञ्चालनमा नआएपछि स्थानीयहरुले सास्ती खेप्नु परेको गुनासो गर्नु भएको छ । विद्युत सेवा नपाउँदा आफूहरुले अझैं पनि टुक्की, सोलार र सल्लाको झोरो बालेर रात बिताउन…