उम्मेदवारी दर्ता गराउने क्रममा आफ्नै कार्यकर्ताद्वारा कुटपिट
गोरखा नगरपालिका–६ का निवासी ६० वर्षीय विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् ।
नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराउनका लागि गोरखा नगरपालिका–६ स्थित दिपक फोटो स्टुडियोमा फोटो लिदै गरेका उनलाई नेपाली काङ्ग्रेस पार्टीका कार्यकर्ताले कुटपिट गरेका हुन् ।
नेपाली काङ्ग्रेसको गण्डकी प्रदेश समितिले श्रेष्ठलाई गोरखा नगरपालिकाको मेयरमा छनौट गर्ने निर्णय १२ गते गरेको थियो ।
उम्मेदवारी दर्ताको तयारी गर्दा गर्दै आफुमाथि कुटपिट भएको उहाँले बताउनुभयो ।
‘राजन राज पन्तको टिकट किन ल्याइस भन्दै म माथि आक्रमण भयो,’–उहाँले भन्नुभयो ।
उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउदै नेपाली काङ्ग्रेसका असन्तुष्ट कार्यकर्ताले वैशाख १२ गते नै गोरखा नगरपालिका–६ स्थित नेपाली काग्रेसको पार्टी कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
पार्टी कार्यलयको ताला भने दिउँसो खुलेको थियो ।
आफूमाथि आक्रमणविरुद्ध कानुनी कारवाहीमा जाने पीडितले बताएपनि वैशाख १२ गते रातिसम्म कानुनी कारवाहीको लागि प्रक्रिया चालेका छैनन् ।
मौखिक रुपमा जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
‘सिसि क्यामेराको आधारमा कुटपिट गर्नेलाई कारवाहीको माग गर्छु,’ उहाँले भन्नुभयो । हुलमुलमा कुटपिट भएकाले कुटपिट गर्नेको पहिचान हालसम्म भएको छैन ।
हरिराम उप्रेती
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…