उम्मेदवारी दर्ताका क्रममा माओवादी केन्द्र पार्टीद्वारा बालबालिका प्रयाेग

  ०८१ मङ्सिर ३ गते

सर्केगाड गाउँपालिकाकाे उपाध्यक्ष पदका लागि हुने निर्वाचनकाे ०८१ मङ्सिर २ गते नेकपा माओवादी केन्द्रले बालबालिका प्रयाेग गरेकाे छ ।

Photo18112024Humla2

आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते नेकपा माओवादी केन्द्रले उपाध्यक्ष पदकाे उम्मेदवारी दर्ता गराउने क्रममा १८ वर्षभन्दा मुनिका तीन जना बालबालिकालाई दर्ता प्रक्रियामा संग्लन गरेकाे हो ।

जसमध्ये दुई जना बालकलाई ढाेल, दमाह बजाउने काममा लगाएकाे थियाे भने एक जना बालकलाई साेही पार्टीकाे झण्डा बाेकाएर प्रचार गर्न लगाएका थिए । कुनै पनि निर्वाचनमा बालबालिकालाई प्रयाेग गर्न नमिल्ने भन्दै निर्वाचन आयाेगकाे निति हुँदा पनि साे पार्टीले बालबालिका प्रयाेग गरिएकाे इन्सेकले गरेकाे अनुगमनका क्रममा देखिएकाे हाे ।

उक्त विषयमा मुख्य निर्वाचन अधिकृत सम्भु प्रसाद बरालले मङ्सिर ५ गतेबाट आचार संहिता लागु हुने त्याे समयबाट आचार संहिता लगायतका विषयकाे हेरफेर हुने बताउनु भयो ।

Photo18112024Humla

Photo18112024Humla1

Photo18112024Humla3

Photo18112024Humla4


नन्द सिंह