उम्मेदवारलाई लक्षित गरी एम्बुस विष्फोट, पाँच जना घाइते
काङ्ग्रेस नेता तथा नुवाकोट क्षेत्र नं-१ का उम्मेदवार डा. रामशरण महत र प्रदेश (ख) का काङ्ग्रेस उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरी अज्ञात समूले मङ्सिर १ गते ककनी गाउँपालिका-५, डाँडागाउँ शिकारीचौरमा एम्बुस विष्फोट गराएको छ । सडकमा गाडेर राखेको 'प्रेसरकुकर बम' विष्फोट हुँदा गाडीमा सवार पाँच जना घाइते भएका छन् ।
एम्बुसमा परी बा. १६ च ६६५ नम्बरको स्कर्पियो गाडी सडकमै पल्टिँदा पाँच जना गम्भीर घाइते भएका हुन् । सो घटनामा परी उपेन्द्र मिश्र, सविन लामा, एसकुमार तामाङ, लिला घर्तीमगर र रमेश राई घाइते भएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिए । घाइतेहरूलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
ककनी गाउँपालिकाको चतुरालेको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेको टोलीमाथि एम्बुस आक्रमण भएको हो । विष्फोटमा क्षेत्र नं. १ प्रदेश (ख) का काङ्ग्रेस उम्मेदवार रमेशकुमार महत सवार गाडी भने एक मिटरले मात्र जोगिएको छ ।
'म चढेको गाडी भन्दा अगाडिको गाडी विष्फोटमा परेको हो । एक मिटरले मात्र म जोगिएँ । तर, साथीहरू गम्भीर घाइते हुनुभयो ।'-महतले भने-'कायरतापूर्वक आक्रमण भयो ।' विष्फोट हुँदा डा. रामशरण महत चढेको गाडी भने पाँच सय मिटर पर पुगिसकेको थियो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…
दाङका १० ओटै स्थानीय तहमा डेङ्गी सङ्क्रमित, अस्पतालमा बिरामीको भिड ! (फोटो फिचर)
दाङमा डेङ्गी रोगको सङ्क्रमण १० ओटै स्थानीय तहमा फैलिएको छ । मनसुन सकिए पनि रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५…