उम्मेदवारमाथि आक्रमण गरेको आरोपमा प्रहरीमा उजुरी
छथर गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार सन्तवीर तिगेलामाथि वैशाख २४ गते आक्रमण गरेको आरोपमा गठवन्धनका उम्मेदवारविरूद्ध नेपाल कम्युनिष्ट पार्टी छथर गाउँ कमिटिले प्रहरीमा उजुरी दिएको छ ।
पाँच दलीय गठनबन्धनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिकामा अध्यक्ष पदका उम्मेदवार इन्द्र इम्सङ र नेपाली कांग्रेसबाट गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार टेकराज तिगेलाको नेतृत्वको समूहले वैशाख २४ गते घरदैलो कार्यक्रम सम्पन्न गरी खाना खाइरहेको अवस्थामा साङ्घातिक आक्रमण गरेको नेपाल कम्युनिष्ट पार्टी गाउँ कमिटिको आरोप छ ।
छथर गाउँपालिका–५ मा घरदैलो कार्यक्रम सम्पन्न गरी खाना खाइरहेको अवस्थामा गठवन्धनका उम्मेदवारहरूले साङ्घातिक आक्रमण गरेपछि उनीहरू विरूद्ध वैशाख २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको गाउँ कमिटि अध्यक्ष धर्मराज खुलालले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तवीर तिगेलामाथि वैशाख २४ गते साङ्घातिक आक्रमण भएको विषयमा प्रहरीमा उजुरी परेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर छे फिञ्जो भोटले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
आरोपित पक्षले भने घटनामा संलग्नता अस्वीकार गरेको छ ।
साङ्घातिक आक्रमणमा परी एमाले समर्थक वुद्धिमान खुलाल घाइते भएको र उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइ राखेको छ ।
प्रहरीले घटनाको विषयमा अनुसन्धान थालिएको जानकारी दिएको छ ।
घटनाको विरोधमा नेपाल कम्युनिष्ट पार्टी छथर गाउँपालिका कमिटी अध्यक्ष धर्मराज खुलालले वैशाख २५ गते विज्ञप्ति जारी गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
सुरेश खत्री
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…