उम्मेदवारको घर छेउमा फेला परेको शक्तिशाली बम नेपाली सेनाद्वारा निष्कृय
दमक नगरपालिकामा नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारको घर छेउ र सोही नपा-२ मा असार १३ गते बिहान फेला पारिएको दुईवटा शक्तिशाली बम नेपाली सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ ।
स्थानीयका अनुसार माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाका मेयर उम्मेदवार ४६ वर्षीय गगन पुरीको घर नजिक र सोही नपा-२ स्थित हिमालय उच्च माविको गेट अगाडि उक्त शक्तिशाली बम फेला पारिएको थियो ।
मेयरका उम्मेदवार पुरीको दमक नपा-६ स्थित बजारमा रहेको घर नजिक पूर्वतर्फबिजुलीको पोल छेउमा रिमोटबाट सक्रिय हुने 'आईइडी बम' र हिमालय मावि मतदान केन्द्रमा क्यान जुसको बट्टामा बारुद हालेर तयार गरिएको अर्को बम फेला परेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन लिम्वूले बताए ।
दुवै वमलाई केरखास्थित नेपाली सेनाको २१ नम्वर बाहिनीको सैनिक टोलीले निष्कृय पारेको डिएसपी लिम्वूले जानकारी दिए ।
यसैबिच असार १४ गतेको मतदान कार्यको लागि जिल्लाको सबै मतदान केन्द्रहरूमा मतदानको पूर्व तयारीको कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत गोपाल आचार्यले जानकारी दिएका छन् ।
अर्जुन बस्नेत
सम्बन्धित समाचारहरू
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…
सङ्क्रमणकालीन न्यायिक आयोगका अध्यक्ष र सदस्यका लागि आवेदन आह्वान
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यका लागि आवेदन आह्वान गरिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप…