उम्मेदवारको घरमा 'नक्कली बम', प्रहरीले राति नै हटायो
अज्ञात समूहद्वारा मेयर पदका उम्मेदवारका घरसहित विभिन्न पाँच ठाउँमा राखिएको 'नक्कली बम' प्रहरीले हटाएको छ ।
असार १२ गते राति नेपाली काङ्ग्रेसको तर्फबाट तुल्सीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको सल्यान रोडमा रहेको घर अगाडि राखिएको नक्कली बम प्रहरीले १३ गते बिहान एक बजे हटाएको हो ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट घोराही उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार जीवन गौतमको रझेनास्थित घरको पर्खालमा राखिएको नक्कली बम १२ गते राति ११ बजे हटाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी धिरजप्रताप सिंहले बताए ।
यस्तै घोराही-लमही सडक खण्डको ट्राफिक चोक, तुल्सीपुरको विपी चोक र तुल्सीपुरकै अरनिको मैदानमा राखिएका नक्कली बम पनि प्रहरीले राति नै हटाएको जनाएको छ । प्रहरीका अनुसार ती ठाउँहरूमा रातो टालो भित्र तार बेरेर खतरा लेखिएको कागजको खोस्टो राखिएको थियो ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका-१७ साइपुरमा असार १२ गते राति ८ बजेको समयमा चुनाव प्रचारप्रसारमा हिँडेका तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरी चढेको बा १४ च ६३५८ नम्वरको जीपमा अज्ञात समूहले ढुङ्गामुढा गर्दा जीपको सिसा फुटेको छ ।
काङ्ग्रेसले एमालेका कार्यकर्ताहरूले तोडफोड गरेको आरोप लगाएपनि तोडफोडमा आफूहरूको कुनै संलग्नता नभएको एमाले दाङका अध्यक्ष टीकाराम खड्काले बताए ।
सांसद र गरिवी निवारण कोषका प्रमुख एमाले कार्यकर्ताको घेरावन्दीमा
मौन अवधिमा पनि गाउँमा प्रचारप्रसार गर्न र मतदाता प्रभावित पार्न आएको भन्दै तुल्सीपुर उपमहानगरपालिका-१६ भेलाई र रत्गै भन्ने स्थानमा सांसद डिल्लीबहादुर चौधरी, गरिवी निवारण कोषका प्रमुख नहकुल केसी र कृषि विकास बैङ्क शाखा कार्यालय तुल्सीपुरका प्रमुख एकराज आचार्यलाई नेकपा एमालेका कार्यकर्ताहरूले असार १२ गते साँझ घेराबन्दी गरी फर्काएका छन् ।
आचारसंहिताको उल्लङ्घन गर्दै भेलाई र रत्गै थारू गाउँमा पसेर रकम बाँड्ने तयारी गरेको आरोप लगाउँदै एमालेको भातृ सङ्गठन युवा सङ्घका मध्यपश्चिम संयोजक मनोहर बुढाथोकीको नेतृत्वमा रहेको टोलीले सांसदलगायतको टोलीलाई सकुशल सम्झाएर फिर्ता गरिएको बताए ।
सांसद चौधरीले गलत नियतले आफूहरू नआएको र आफन्त भेट्नुपर्ने भएकाले गाउँमा पसेको बताएका थिए ।
यसैबिच आचारसंहिता विपरीत चुनावी सभा गरिरहेका तुल्सीपुर उपमहानगरपालिकाका नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीलाई असार १३ गते बिहान तुल्सीपुर उपमनपा-११ को नवलपुरबाट एमालेका कार्यकर्ताहरूले फिर्ता पठाएका छन् ।
स्थानीय महिला समूहलाई भेला गरेर भाषण गरिरहेको बेला एमाले कार्यकर्ताहरू गएर आचारसंहिता विपरीत भेला गरेको भन्दै फोटो खिचेपछि मेयरका उम्मेदवार गिरी भेला छोडेर हिँडेको एमाले दाङले जनाएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका-३ र ४ लक्ष्मीपुरमा असार १३ गते बिहान चुनावी सभाका लागि तयारी गरिरहेका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार भूपबहादुर डाँगीसहितको टोलीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले फिर्ता पठाएको माओवादी केन्द्र दाङले जनाएको छ ।
बन्दले जनजीवन प्रभावित
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको एक दिने बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ । बिहानैदेखि सार्वजनिक तथा निजी सवारी चलेका छैनन् । पूर्वपश्चिम राजमार्ग तथा स्थानीय सडक सुनसानजस्तै छन् । बन्दले मतदानका लागि गाउँ जानेहरूलाई समस्या परेको छ ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…
मधेस प्रदेशमा स्थानीय तह उपनिर्वाचन ०८१ सम्पन्न
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तर्गत देशभरको ४१ ओटा स्थानीय तह मध्ये मधेस प्रदेशको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२ र रौतहटको इशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६…
कुटपिट घटनाका आरोपित पति विरुद्ध उजुरी
भिमदत्त नगरपालिका–४ गोबरैयाकी ३८ वर्षीया जयन्ती भट्टलाई कुटपिट गरी घाइते बनाएकोे आरोपमा पीडित पक्षले ४४ वर्षीय पति पृथ्वी भट्ट विरुद्ध मङ्सिर १५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।…