उमेर नपुग्दै गर्भवती र सुत्केरी हुनेको सङ्ख्या बढ्दो
जिल्लामा उमेर नपुग्दै गर्भवती हुने र सुत्केरी हुनेहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार बिगत तीन वर्षदेखि जिल्लामा उमेर नपुग्दै गर्भवती तथा सुत्केरी हुनेको सङ्ख्या बढिरहेको पाइएको छ ।
चालू आर्थिक वर्षमा मात्रै जिल्लामा ११.७ प्रतिशत सुत्केरी २० वर्षमूनिका रहेका छन् । चालू आर्थिक वर्षमा २ हजार २२ जना सुत्केरीमध्ये २ सय ३६ जना २० वर्ष मूनिका सुत्केरी रहेको स्वास्थ्य कार्यालय, दार्चुलाका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्ष २०७८ / ०७९ मा स्वास्थ्य संस्थामा सुत्केरी भएका २ हजार ३ सय ५९ महिलामध्ये २ सय ९७ जना २० वर्षमूनिका थिए । जुन कूल सङ्ख्याको १२.६ प्रतिशत हुन आउँछ ।
यसैगरी आर्थिक वर्ष २०७७ / ०७८ मा २ हजार ६ सय ९५ सुत्केरीमध्ये ३ सय ३७ जना २० वर्षमूनिका रहेका थिए । यस वर्ष अघिल्ला वर्षको भन्दा उमेर नपुगि सुत्केरी हुनेको सङ्ख्या बढी हुने देखिएको उहाँको भनाइ छ ।
स्वास्थ्य संस्थामा दर्ता भएको तथ्याङ्कले १७ वर्षदेखि लिएर २० वर्षसम्मका महिलाहरु आमा बन्ने गरेका छन् । बाल सुत्केरीहरुले प्रजनन्सम्बन्धी जटिलता भोग्नु परको भट्टको भनाइ छ ।
जिल्ला अदालत, दार्चुलाका श्रेस्तेदार कोशलेश्वर ज्ञवालीले मुलुकी देवानी संहिता ०७४ को दफा ७० (१) (छ) मा महिला र पुरुषबिच विवाह हुनु पर्ने उमेर २० वर्ष तोकिएकोले उमेर नपुगि विवाह गर्नु अपराध भएकोे बताउनु भयो ।
उहाँले भन्नु भयो– ‘कानुनले बन्देज गरेको भए पनि अधिकांश सम्बन्ध विच्छेद गर्न आउनेहरु उमेर नपुगि विवाह गरेका महिलाहरु रहनु भएको छ । उमेर नपुगि विवाह गर्ने र सानै उमेरमा सन्तान पाएर पुरुष बाहिर जान्छन् । फर्किदा उनीहरुबिचको सम्बन्धमा दरार पैदा हुने गरेको छ । जिल्ला अदालत, दार्चुलाको पछिल्लो तथ्याङ्कले सम्बन्ध विच्छेदका मुद्दा बढेको देखाएको छ । चालू आर्थिक वर्षमै १७ जना पुरुष र २७ जना महिलाले सम्बन्ध विच्छेदको लागि मुद्दा दर्ता गराएका छन् । यीमध्ये अधिकांशको समस्या उमेर नपुगि विवाह र सन्तान पाउनु पनि हो । ’
महाकाली नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक दुर्गाकुमारी खत्री विष्टले चेतनाको विकास नहुँदा पनि सानै उमेरमा बालबच्चा पाउने गरेको बताउनु भयो ।
उहाँले नगरपालिकाले चालू आर्थिक वर्षमा नगरपालिका भित्रका विद्यालयहरुमा बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र विद्यालय तहकै बालबालिकामा बालविवाह गर्न हुदैन् र उमेर नपुगि विवाह गर्दा सन्तान प्राप्तीमा समस्या हुन्छ भनेर सिकाउनु जरुरी रहेको बताउनु भयो ।
नरेन्द्रसिह कार्की
सम्बन्धित समाचारहरू
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…