उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खत्री बेपत्ता

उमाकुण्ड गाउँपालिका-५ प्रीतिका वडा अध्यक्ष कुवेर खत्री 'बेपत्ता' भएका छन् । वैशाख २५ गते बिहान गाउँ कार्यपालिकाको बैठकमा हिँडेका खत्री बेपत्ता भएको गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

गाउँपालिका सदस्यलाई बैठकमा जानु पर्छ भनी खबर गरेर मोटरसाइकलमा हिँडेका खत्रीको अपरान्ह लिखु खोलाको किनारमा मोटरसाइकल, कोट, जुत्ता र डायरी फेला परेको प्रवक्ता नेवारको भनाई छ ।

वडा अध्यक्ष खत्री अबेरसम्म बैठकमा नआएपछि उनलाई सम्पर्क गर्दा मोबाइल नउठेको र घरपरिवारमा फोन गर्दा बिहानै हिँडेको जानकारी आएपछि उनको खोजी गरिएको थियो ।

वडा अध्यक्ष खत्रीले प्रयोग गरेको मोटरसाइकल, कोट, जुत्ता र डायरी भेटिएपछि अहिले उनको खोजी कार्य जारी रहेको उमाकुण्ड गाउँपालिकाका प्रवक्ता रुद्रमणि नेवारले जानकारी दिए ।

राति पौने नौ बजेसम्म उनको अवस्था अज्ञात छ । खत्रीको खोजी कार्य जारी रहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताए ।


नवराज पथिक