उमाकुण्ड गाउँपालिकामा झडप, कांग्रेसका वडाध्यक्ष उम्मेदवार घाइते

  ०७९ वैशाख २९ गते

उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीमा ०७९ वैशाख २८ गते राति नेपाली कांग्रेस र राप्रपा कार्यकर्ताबीच भएको झडपमा कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३५ वर्षीय रमेश सुनुवार घाइते हुनुभएको छ ।

मौन समयमा घरदैलो गर्दै हिँडेका दुवै समूहका कार्यकर्ता बीच जम्का भेट भएपछि झडप भएको थियो ।

झडपका क्रममा सुनुवारको टाउकोमा चोट लागेको छ । उहाँको बाम्ती अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा राप्रपाका वडाध्यक्षका उम्मेदवार ४१ वर्षीय पवित्रकुमार सुनुवार र स्थानीय ३३ वर्षीय प्रदीप श्रेष्ठलाई राति नै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजुप्रसाद ढकालले जानकारी दिनुभयो ।

Ramesh sunuar


नवराज पथिक