उपाध्यक्षद्वारा वडाध्यक्षसँग स्पष्टीकरण माग, तीन जना वडाध्यक्ष धर्नामा
पैँयु गाउँपालिकाकी उपाध्यक्ष जसमति गुरुङले ‘लगातार तीन वटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने व्यवस्था भएको’ व्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि वडाध्यक्षहरू रूष्ट भएका छन् ।
वडा नं ४ का अध्यक्ष महेन्द्र श्रेष्ठलाई स्पष्टिकरण सोधेपछि उपाध्यक्षको राजिनामा माग गर्दै जनप्रतिनिधिहरू साउन २३ गतेदेखि धर्नामा बसेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा अध्यक्ष श्रेष्ठको पद षडयन्त्रपुर्वक रिक्त गराउने योजना बनाएको भन्दै उपाध्यक्षको राजिनामा माग गरेर धर्नामा बसेको जनप्रतिनिधिहरूले बताएका छन् ।
पैँयु गाउँपालिका–३ का अध्यक्ष विष्णु काफ्ले, ४ का अध्यक्ष श्रेष्ठ र ५ का अध्यक्ष उमाकान्त भुर्तेल अनशनमा बसेका हुन् । धर्नालाई सामाजिक परिचालक र स्थानीय समाजसेवीहरूले समेत ऐक्यबद्धता जनाएका छन् ।
गाउँपालिका उपाध्यक्षको राजिनामा नआए अनिश्चितकालसम्म अनसन बस्ने उनीहरूले चेतावनी दिएका छन् ।
उपाध्यक्षले राजिनामा गर्नुभन्दा पनि विषयलाई लम्ब्याउन खोजेको र माफी मात्रै मागेर समाधान खोज्न थालेकाले बाध्य भएर धर्नालाई निरन्तरता दिइएको वडाध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
वडा अध्यक्ष श्रेष्ठ जेठ २९ गते वडा सदस्य मोतीलाल न्यौपानेलाई कार्यबहाकको जिम्मा दिएर पारिवारीक काममा जापान गएका थिए ।
गाउँपालिकालाई समेत जानकारी दिएर छोटो समयका लागि विदेश जाँदा गाउँपालिकाका कार्यबहाक अध्यक्ष जसमती गुरुङले ‘लगातार तीन ओटा बैठकमा बिना जानकारी अनुपस्थित भएमा पद रिक्त हुने ब्यवस्था भएको’ व्यहोरासहित सात दिने स्पष्टिकरण सोधेपछि विवाद भएको थियो ।
गुरुङले साउन ८ गतेको मितिमा श्रेष्ठलाई सात दिन भित्र स्वयम् उपस्थित भएर स्पष्टीकरण दिन भन्दै पत्र पठाएकी थिइन् ।
गाउँपालिका अध्यक्ष खगेन्द्र तिवारीले आफ्नो अनुपस्थितिमा भएको यस विवादलाई दुवै पक्षलाई राखेर समाधानको प्रयास गरिरहेको बताए ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १९ वर्ष कैद सजायको फैसला
१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुम्बेवा गाउँपालिका–५ का ३६ वर्षीय दिनेश राईलाई १९ वर्ष कैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश टेकेन्द्र दाहालको माघ २०…
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ – कानुन मन्त्री गाहा मगर
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले माघ २० गते पोखरामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी प्रदेश सरकारको दायित्व र भूमिका’ विषयक कार्याशाला गोष्ठी सम्पन्न गरेको छ ।…
सासूमाथि अमानवीय व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
पञ्चदेवल विनायक नगरपालिका–६ तोलीकी ५३ वर्षीया सासुू जयसरा न्यौपानेलाई अपमानजक र अमानवीय व्यवहार गरेको ठहर गर्दै जिल्ला अदालत, अछामले माघ १९ गते बुहारीद्धय ३५ वर्षीया धर्मा न्यौपाने र ३० वर्षीया…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा साँफेबगर नगरपालिका–११ बाब्लाका ३८ वर्षीय देवेन्द्रबहादुर कुँवरलाई जिल्ला अदालत, अछामले १३ वर्ष कैद र पाँच लाखको क्षतिपुर्तिको फैसला माघ १९ गरेको छ । जिल्ला…
दलित लक्षित अभिव्यक्ति दिएको घटनाका आरोपितलाई कारबाहीको माग
सिंजा गाउँपालिका–२ घोडेङ्गका ४० वर्षीय गौरीलाल जैशीले माघ १६ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत् दलित समुदाय लक्षित विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा कारवाहीको माग गरिएको छ । उहाँले…